बिहीबार, असार २५, २०८३

क्रोएसियासँग बराबरी खेलेपछि चेक रिपब्लिकले बनायो ४ अंक 

क्रोएसियाले युरोकप फुटबलअन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाडेको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– क्रोएसियाले युरोकप फुटबलअन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाडेको छ।

नेपाली समयअनुसार हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको हो।

चेक रिपब्लिकका तर्फबाट खेलको ३७ औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गरेका थिए। 
क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई लडाएपछि  भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो। 

खेलको ४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाएका छन्। 

बराबरीसँगै समूह ‘डी’ मा रहेको क्रोएसियाले २ खेलमा १ अंक जोडेको छ। क्रोएसिया तालिकाको तेस्रो स्थानमा छ। चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ। चेक रिपब्लिक शीर्ष स्थानमा छ।
३ अंक जोडेको इंग्ल्यान्ड र स्कटल्यान्डबीच खेल भइरहको छ। समूहको अन्तिम खेलमा क्रोएसिया र स्कटल्यान्ड तथा इंग्ल्यान्ड र चेक रिपब्लिक खेल्नेछन्।

प्रकाशित: Jun 18, 2021| 19:13 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।