बुधबार, माघ ७, २०८२

कोपा अमेरिकामा भोलि बिहान मेस्सी र सुआरेजको टिम भिड्दै

कोपा अमेरिकाअन्तर्गत भोलि (शनिबार) बिहान दुई खेल हुँदैछन्। समूह बीअन्तर्गतको पहिलो खेलमा पौने ३ बजे चिलीले बोलिभियाको सामना गर्नेछ भने दोस्रो खेलमा अर्जेटिनाले उरुग्वेसँग भिड्नेछ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- कोपा अमेरिकाअन्तर्गत भोलि (शनिबार) बिहान दुई खेल हुँदैछन्। समूह बीअन्तर्गतको पहिलो खेलमा पौने ६ बजे चिलीले बोलिभियाको सामना गर्नेछ भने दोस्रो खेलमा अर्जेटिनाले उरुग्वेसँग भिड्नेछ।

National life

शनिबार विहान पौने ६ बजे ब्राजिलको एरिना पान्टुनल रंगशालामा हुने खेलमा चिलीले बोलिभियाको सामना गर्नेछ।
कोपा अमेरिकाको आफ्नो पहिलो खेलमा चिलीले अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा रोकेको थियो। त्यसैले चिली शनिबार बिहानको खेलमा जित निकाल्दै समूहको शीर्षस्थानतर्फ जान चहान्छ।

प्रतिस्पर्धी बोलिभियाले पहिलो खेलमा नै पराग्वेसँग २-० गोलको हार बेहोरेका कारण उ भने तालिकाको पुछारमा छ।
यता लियोनेल मेस्सीले नेतृत्व गरिरहेको अर्जेन्टिनाले शनिबार बिहान स्टेडियो नेसनला डि ब्रजिलियामा फरवार्ड लुइस सुआरेको टिम उरुग्वेको सामना गर्दैछ। उरुग्वेले जारी कोपा अमेरिकामा पहिलो खेल खेल्न लागेको हो।

उरुग्वेबाहेक सबै टिमले सुरुवाती खेल खेलिसकेका छन्। त्यसैले उरुग्वे सुरुवाती जित चाहन्छ भने अर्जेन्टिना शीर्षस्थानतर्फ पुग्न जित निकाल्ने दाउमा छ।

पछिल्ला कोपा अमेरिकामा फाइनलमा पुगेर उपाधि जित्न नसकेको अर्जेन्टिना उपाधि लक्ष्यका साथ प्रतियोगितामा होमिएको छ।

Laxmi sunrise bank
kumari

समूह बीको शीर्षस्थानमा रहेको पराग्वेको तीन अंक छ भने दोस्रो र तेस्रो स्थानमा रहेका अर्जेन्टिना र चिलीको समान १-१ अंक छ।

कुनै खेलमा सहभागी नबनेको उरुग्वे चौथो स्थानमा छ भने बोभिया शून्य अंकका साथ पाँचौ स्थानमा छ। दुई समूह रहेको कोपा अमेरिकामा समान ५-५ टिम सम्मिलित छन्।

प्रकाशित: Jun 18, 2021| 12:42 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।