बुधबार, असोज १४, २०८३

एनसीसी बैंकको संस्थापक सेयर बिक्रीमा

 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक समूह अन्तर्गतको नौ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ। संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ।
साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ, संस्था तथा व्यक्तिहरुले असार २ गतेदेखि १६ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी प्रति कित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ। 

प्रकाशित: Jun 18, 2021| 11:17 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्