बुधबार, असोज १४, २०८३

दराजको बैंक डेज अफरमा थप ३ बैंक समावेश

 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– अनलाइन बजार दराजले बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी जुन १७ देखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको हो ।

यस अफर मार्फत ग्राहकले कार्ड प्रीपेमेन्ट गरेमा १५ प्रतिशत र ५ सयसम्मको छुट पाउनेछन् । यी बैंकहरू दराजका चार अन्य साझेदार बैंकहरू सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल बैंक, र स्टाण्डर्ड चार्टर्ड बैंकसँग मिलि बैंक डेज अफर पुनः सुरु गरेको घोषणा गरेको छ ।

माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डधारीहरूले हरेक बिहीबार दराज एपमार्फत यो छुट प्राप्त गर्न सक्नेछन् । डेबिट कार्डबाट भुक्तानी गरेमा १० प्रतिशत र सयसम्मको छुट र क्रेडिट कार्डबाट भुक्तान गरेमा १५ प्रतिशत र ५ सय सम्मको छुट प्राप्त हुने जनाइएको छ ।

यसैगरी सोमबार सानीमा बैंक, बुधबार एनआईसी एशिया बैंक, शुक्रबार नबिल बैंक र शनिबार स्टाण्डर्ड चार्टर्ड बैंकको डेबिट कार्ड र क्रेटिडबाट खरिद गर्दा उक्त छुट प्राप्त हुने जनाइएको छ । अनलाइन भुक्तानीको लागि सक्रिय क्रेडिट र डेबिट कार्ड मात्र योग्य हुने जनाइएको छ । 

प्रकाशित: Jun 18, 2021| 11:12 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्