बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेगा बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने

मेगा बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने

मेगा बैंकका कार्ड बाहकले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– मेगा बैंकका कार्ड बाहकले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।

कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै बैंक र दराजबीच बैंकका ग्राहकलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्‍याउने सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौताअनुसार, बैंकका डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट सामान खरिदमा १५ प्रतिशतसम्म अथवा बढीमा ५ सयसम्म छुट पाउने छन् । डिजिटल बैंकिङ अन्तरगत नगदविहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको जनाइएको छ ।
 

प्रकाशित: Jun 18, 2021| 10:43 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्