बुधबार, असोज १४, २०८३

नोकिया जी२० र जी१० नेपाली बजारमा

एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोकिया जी २० र नोकिया जी १० नेपालमा सार्वजनिक गरेको छ ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोकिया जी २० र नोकिया जी १० नेपालमा सार्वजनिक गरेको छ । तीन दिनको ब्याट्री लाइफको साथ लेटेस्ट स्मार्टफोन बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

प्यान एसिया एचएमडी ग्लोबलका जनरल म्यानेजर रबि कुँवरले भने, “नोकिया फोनलाई एचएमडी ग्लोबलकोे हरेक उपकरणमा रहेको सन्देश–लभ इट, ट्रस्ट इट, किप इटले अरूबाट छुट्याएको छ । लभ इट–हामी उपकरणहरुमा अद्वितीय स्मार्टफोनको एक्सपेरियन्सहरू प्रस्तुत गर्दछौँ जसले धेरै ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफीको प्रदान गर्दछ ।”

नोकिया जी २० एक पटक चार्ज गर्दा तीन दिनसम्म टिक्ने ब्याट्री रहेको जनाइएको छ । नोकिया जी २० नाइट र ग्लेसियर दुई वटा रंगको भेरियन्टमा उपलब्ध छ । ४ र ६४ जीबीको भेरियन्ट नेपाली २० हजार रहेको कम्पनीले जनाएको छ ।

नोकिया जी १० नाइट र डस्क दुई वटा रंगको भेरियन्टमा उपलब्ध छ । ४ र ६४ जीबीको भेरियन्ट नेपाली १७ हजार रहेको जनाइएको छ ।
 

प्रकाशित: Jun 18, 2021| 10:42 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्