बुधबार, माघ ७, २०८२

वेम्बली रंगशालामा आज भिड्दैछन् यी दुई छिमेकी टिम

संयुक्त अधिराज्यभित्रकै दुई टिम भए पनि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इंग्ल्यान्ड र स्कटल्यान्डलाई दुई देशको मन्यता दिएको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– संयुक्त अधिराज्यभित्रकै दुई टिम भए पनि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इंग्ल्यान्ड र स्कटल्यान्डलाई दुई देशको मन्यता दिएको छ।

National life

फुटबलको इतिहासमा सन् १८७२ पछिका खरा प्रतिद्वन्दी मानिएका तिनै छिमेकी टिम स्कटल्यान्ड र इंग्ल्यान्डले आज लन्डनस्थित वेम्बली रंगशालामा प्रतिस्पर्धा गर्दैछन्।

जारी युरोकपको समूह डीमा रहेका यी टिमले आज शुक्रबार राति पौने १ बजे वेम्बली रंगशालामा प्रतिस्पर्धा गर्दैछन्।

त्यसो त यी दुई टिमबीच हुने खेलमा जहिल्यै पनि वेम्बली रंगशाला जोडिएर आउने गरेको छ। किनेभने यी दुई टिमले त्यही मैदानमा ३२ पटक खेलिसकेका छन्। र, आज राति ३३ औं पटक खेल्न जाँदैछन्। ३२ खेलको आँकडा अधिराज्यका अन्य देशको तुलनामा झन्डै दोब्बर (उत्तरी आयरल्यान्ड  र वेल्ससँग समान १८ पटक) हो।

अर्को रोचक कुरा चाहिँ यो रंगशालामा स्कटल्यान्ड र इंग्ल्यान्डबीच सम्पन्न यसअघिका कुनै खेल गोलरहित बराबरी भएका छैनन्। साथै इंग्ल्यान्ड र स्कटल्यान्डबीच अहिले हुन लागेको ११५ औं खेल हो भने प्रतिस्पर्धात्मक तालिकामा १०० औं खेल हो।

Laxmi sunrise bank
kumari

लामो समयसम्म प्रतिद्वन्दीका रुपमा रहेको यी दुई टिमले मोडर्न फुटबल सुरु भएपछि भने आपसमा कमै खेल खेलेका छन्। ठूलो प्रतियोगितामा यसअघि सन् १९९६ (युरोकप)मा इंग्ल्यान्ड र स्कटल्यान्ड भिडेका थिए। वेम्बलीमै भएको त्यो खेलमा इंग्ल्यान्डले २–० गोलको जित निकालेको थियो।

यता २१ औं शताब्दीमा इंग्ल्यान्ड–स्कटल्यान्डबीच चार खेल भएका छन्। जसमा १६ गोल स्कोर भएका छन्। ११ गोल इंग्ल्यान्डले गर्दा ५ गोल स्कटल्यान्डले गरेको छ।

पछिल्ला ११ खेलको कुरा गर्दा स्कटल्यान्डले एक खेलमात्र जितेको छ। आठ खेल इंग्ल्यान्डले जित्दा दुई बराबरी भएका छन्। वेम्बलीमा स्कटल्यान्डले सन् १९९९ को नोभेम्बरयता जित निकालेको छैन।

अहिलेको युरोकपमा यी दुवै टिम समूह ईमा छन्। समूहको पहिलो खेलपछि चेक गणतन्त्र शीर्षस्थानमा छ भने पहिलो खेलमा क्रोएसियालाई हराएको इंग्ल्यान्ड दोस्रो स्थानमा छ। त्यस्तै पहिलो खेलमा चेक गणतन्त्रसँग हार बेहोरेको स्कटल्यान्ड तालिकाको पुछारमा छ।

प्रकाशित: Jun 18, 2021| 10:25 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।