बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सेन्ट पिटर्सबर्ग, ग्लाज्गो र लन्डनमा हुँदैछन् युरोकपका यी खेल

सेन्ट पिटर्सबर्ग, ग्लाज्गो र लन्डनमा हुँदैछन् युरोकपका यी खेल

युरोकप २०२० अन्तर्गत आज शुक्रबार तीन खेल हुँदैछन्। आजको पहिलो खेलमा स्वीडेनले स्लोभाकियाको सामना गर्नेछ भने दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकको सामना गर्नेछ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काडमाडौं– युरोकप २०२० अन्तर्गत आज शुक्रबार तीन खेल हुँदैछन्। आजको पहिलो खेलमा स्वीडेनले स्लोभाकियाको सामना गर्नेछ भने दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकको सामना गर्नेछ।

त्यस्तै आजको तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्यान्ड भिड्नेछन्। युरोकपको इतिहासमा स्वीडेन र स्लोभाकिया पहिलो पटक भेट भएका छन्। विश्वकप र युरोपियन च्याम्पियनसिपमा भेट नभए पनि उनीहरुले बाँकी प्रतियोगिता खेलेका छन्। जहाँ स्लोभाकियाले कुनै खेलमा जित निकालेको छैन।

पछिल्ला पाँचमध्ये तीन खेल स्वीडेनले जितेको छ भने दुई खेल बराबरी भएका छन्। यता युरोपियन च्याम्पियनसिपको समग्र इतिहासमा स्लोभाकियाले दुई खेल जितेको छ। जुन उसले २०१६ मा रसियाविरुद्ध र पोल्यान्डविरुद्ध जित निकालेको थियो।

यी दुई टिमले रसियाको सेन्ट पिटर्सबर्गमा आज ६ः४५ बाट खेल्दैछन्। आजको खेलमा जित निकाल्न सके स्लोभाकिया युरोकपको अन्तिम १६ मा पुग्नेछ। समूह ई को शीर्षस्थानमा रहेको स्लोभाकियाको तीन अंक छ भने स्पेन र स्वीडेनको समान १–१ अंक छ।

पोल्यान्ड शून्य अंकका साथ पुछारमा छ। दिनको दोस्रो खेल पौने १० बजेबाट हाम्प्देन पार्क ग्लाज्गोमा सुरु हुँदैछ। स्कटल्यान्डमा हुने यो खेलमा क्रोएसियाले चेक गणतन्त्रसँग भिड्नेछ। चेक गणतन्त्रले अहिलेसम्म क्रोएसियालाई हराउन सकेको छैन। पछिल्ला तीन खेलमा क्रोएसियाले एक जित निकालेको छ भने एक बराबरी गरेको छ।

जारी युरोकपमा क्रोएसियाले पहिलो खेलमा इंग्लान्डसँग हार बेहोरिसकेकाले उसलाई अन्तिम १६ मा पुग्न चुनौती थपिएको छ। यसकारण आज क्रोएसिया जित निकाल्ने दाउमा रहनेछ।

जारी युरोकपको पहिलो खेलमा क्रोएसियाले १–० गोलको हार बेहोरेको थियो। यता चेक गणतन्त्रले पहिलो खेलमा स्कटल्यान्डलाई २–० गोलले हराएको थियो।

यदि आजको खेलमा चेक रिपब्लिकले जित निकालेको अवस्थामा उसले अन्तिम १६ मा स्थान बनाउनेछ।

स्कटल्यान्डको घरेलु मैदानमा क्रोएसिया र चेक गणतन्त्र भिडिरहँदा उसले इंग्ल्यान्डको मैदानमा खेल्नेछ। आजको तेस्रो खेलमा इंग्ल्यान्डले घरेलु मैदानमा स्कटल्यान्डसँग सामना गर्न लागेको हो। राति १२ः४५ बाट सुरु हुने खेल लन्डनस्थित वेम्बली रंगशालामा हुनेछ। आजको खेलमा इंग्ल्यान्डले जित निकाले ऊ पनि अन्तिम १६ मा प्रवेश गर्न सक्नेछ।

त्यसैले आजको खेलमा जित निकालेर इंग्ल्यान्ड नकआउटमा स्थान सुरक्षित गर्न चाहा। यता स्कटल्यान्ड भने इंग्ल्यान्डलाई घरेलु समर्थकमाझ स्तब्ध बनाउन चाहन्छ।

प्रकाशित: Jun 18, 2021| 10:10 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।