काठमाडौं- नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जनलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघअन्तर्गतको पिङ पोङ डिप्लोमेसीले सम्मान गरेको छ।
नेपाली टेबलटेनिसको विकास र विस्तारमा सहयोग पुर्याएको तथा टेबलटेनिसमार्फत् महिला सशक्तीकरणमा भूमिका निर्वाह गरेबापत सम्मान गरिएको अनिताले जानकारी दिइन्।
अनिता एरोबिक टेबलटेनिसकी ब्रान्ड एम्बासडरसमेत हुन्। तीन वर्षका लागि एरोबिकको ब्रान्ड एम्बासडर बनेकी अनितालाई पार्टनर र प्रोमोटर पनि चयन गरिएको छ।
अनिताले परिवारकै सहयोगमा सामाखुशीस्थित सरकारी धारामा एनिस पिङ पोङ क्लब पनि स्थापना गरेकी छन्। अनिता उक्त क्लबको प्रमुख कार्यकारी अधिकृत हुन्।