बुधबार, माघ ७, २०८२

विम्बल्डनबाट ओसाका र नाडालले फिर्ता लिए नाम

जापानी टेनिस स्टार नाओमी ओसाका र राफेल नाडालले आउँदो जुन २८ बाट सुरु हुने विम्बल्डनबाट आफ्नो नाम फिर्ता लिएका छन्।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- जापानी टेनिस स्टार नाओमी ओसाका र राफेल नाडालले आउँदो जुन २८ बाट सुरु हुने विम्बल्डनबाट आफ्नो नाम फिर्ता लिएका छन्। राफेल नाडालले नाम फिर्ता लिएको केही समयमा ओलम्पिक तयारीका लागि भन्दै ओसाकाले पनि नाम फिर्ता लिएकी हुन्।

National life

ओसाकाले यसअघि फ्रेन्च ओपनको बीचबाटै आफ्नो सहभागिता रद्द गरेकी थिइन्। मिडियामा नबोलेको भन्दै आयोजकले एक हजार ५०० डलर जरिबाना गरेपछि उनले पछि पनि मिडियामा बोल्न अस्वीकार गर्दै नाम फिर्ता लिएकी थिइन्।

‘नाओमीले यो वर्षको विम्बल्डन खेल्ने छैनन्। उनी यो समयमा व्यक्तिगत जीवन बिताउन चाहन्छिन्। उनी ओलम्पिकको तयारी गरिरहेकी छन् र घरेलु समर्थकमाझ खेल्न चाहिरहेकी छन्,’ ओसाकाका एजेन्टले रोयटर्ससँग भने।

‘हामी उनको निर्णय स्वीकार गर्छौं,’ अल इंग्ल्यान्ड लन टेनिस क्लबले लेखेको छ, ‘हामी उनलाई सुखद समयको कामना गर्दछौं। र, आउँदो वर्षको विम्बल्डनमा स्वागत गर्न तयार छौं।’

त्यस्तै पछिल्लो समय क्लेकोर्टको प्रतियोगितामा सहभागी बनेका नाडालले पनि ग्रासकोर्टको प्रतियोगितामा सहभागी नहुने बताएका छन्। साथै उनले ओलम्पिकमा पनि सहभागी नहुने बताएका हुन्।

Laxmi sunrise bank
kumari

यता यूएस ओपन विजेता डोमिनिक थिमले टोक्यो ओलम्पिक २०२० मा सहभागिता नजनाउने भएका छन्। उनले विम्बल्डनमा केन्द्रित हुने भन्दै ओलम्पिकमा सहभागी नहुने बताए।

‘तपाईंहरूलाई भन्न मसँग एउटा दुखद समाचार छ। मेरो टिमसँगको कुराकानी र अवस्थाको विश्लेषणपछि मैले अप्ठ्यारो निर्णय लिन पुगेको छु कि म ओलम्पिकमा सहभागी हुने छैन,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

प्रकाशित: Jun 18, 2021| 06:28 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।