बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप: पत्रकार सम्मेलनमा राखिएको पेयपदार्थ हटाए जरिबाना गरिने

युरोकप: पत्रकार सम्मेलनमा राखिएको पेयपदार्थ हटाए जरिबाना गरिने

पत्रकार सम्मेलनमा खेलाडीले पेयपदार्थ अगाडि राख्नै पर्ने भएको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- पत्रकार सम्मेलनमा खेलाडीले पेयपदार्थ अगाडि राख्नै पर्ने भएको छ।

कोकाकोलालगायत अन्य पेयपदार्थ पत्रकार सम्मेलनका क्रममा अगाडिबाट हटाएमा खेलाडीलाई जरिबाना हुने भएको हो। युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले पत्रकार सम्मेलनका क्रममा फुटबल खेलाडीले स्पोन्सरले राखेको पेयपदार्थको बोतल हटाएमा जरिबाना हुने जानकारी गराएको हो।

यूईएफएले टिम र खेलाडीलाई अगाडि राखेको पेय पदार्थको बोतल नहटाउन आग्रह गर्दै हटाएमा जरिबाना गरिने चेतावनी दिएको छ।

यसअघि पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका क्रममा अगाडि राखिएको कोकाकोलाको बोतल हटाएका थिए। त्यसको असर कोकाकोलाको शेयर बजारमा ठूलो गिरावट आएको थियो। त्यसपछि अन्य खेलाडीले पनि बियरलगायतका अन्य पेय पदार्थका बोतल अगाडिबाट हटाउने गरेका थिए। 

फ्रान्सका पाउल पोग्बाले हेनेकेन बियरको बोतल र इटालीका म्यानुएल लोकाटेलीले समेत कोकाकोलाको बोतल हटाएका थिए। त्यसपछि यूईएफएले खेलाडी र टिमलाई स्पोन्सरले राखेका पेय पदार्थका बोतल नहटाउन आग्रह गर्दै हटाएमा जरिबाना गरिने चेतावनी दिएको हो।

प्रकाशित: Jun 18, 2021| 06:08 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।