बिहीबार, असार २५, २०८३

कोपा अमेरिका:  ब्राजिलको लगातार दोस्रो जित

दक्षिण अमेरिकी देशहरूको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकामा ब्राजिलले लगातार दोस्रो जित निकालेको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- दक्षिण अमेरिकी देशहरूको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकामा ब्राजिलले लगातार दोस्रो जित निकालेको छ। ब्राजिलको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम पेरूविरुद्ध ४-० गोल अन्तरको जित निकालेको हो।

ब्राजिलको जितका लागि एलेक्स सेन्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लिसनले गोल गरेका हुन्। खेलको १२ औं मिनेटमा ग्याब्रियल जिससले दिएको पासको सदुपयोग गर्दै एलेक्सले ब्राजिललाई अग्रता दिलाएका थिए।

यससँगै पहिलो हाफमा ब्राजिल एक गोलले अघि रह्यो। खेलको दोस्रो हाफमा नेयमारले अग्रतालाई दोब्बर बनाए। ६८ औं मिनेटमा फ्रेडले उपलब्ध गराएको पासलाई उनले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।

त्यस्तै, दोस्रो हाफमा मैदान पसेमा रिचार्लिसनको पासमा एभर्टन रिबेरोले गोल गर्दै खेलको नतिजा ३-० बनाएका थिए। इन्ज्युरी समयमा रिचार्लिसनले नै गोल गरेपछि भने ब्राजिलले ४-० गोल अन्तरको जित निश्चित गरेको हो।

यो जितसँगै ६ अंक बनाएको ब्राजिल समूह ए को शीर्षस्थानमा छ। पराजित पेरू भने समूहको पुछारमा पाँचौ स्थानमा छ।

समूहको दोस्रो स्थानमा कोलम्बिया छ भने तेस्रो स्थानमा भनेजुएला छ। शून्य अंक रहेको इक्वेडर चौथो स्थानमा छ।

कोलम्बिया र भनेजुएलाको क्रमशः ४ र १ अंक छ। त्यस्तै आज बिहान सम्पन्न अर्को खेलमा कोलम्बिया र भनेजुएलाले गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित: Jun 18, 2021| 02:10 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।