बिहीबार, असार २५, २०८३

युरोकप : अष्ट्रियामाथि नेदरल्यान्ड्सको जित

युरोकपअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले जित निकालेको छ। 
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- युरोकपअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले जित निकालेको छ। 

नेदरल्यान्ड्सको आम्सटारडममा सम्पन्न खेलमा घरेलु टिमले पाहुना टोली अष्ट्रियाविरुद्ध २–० गोलको जित निकालेको हो।

नेदरल्यान्ड्सको जितका लागि मेम्फस डुपाई र डेन्जेल डमफ्रिसले गोल गरेका थिए। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै खेलको पहिलो हाफमा डुपाईले गोल गरेका थिए।

पहिलो हाफमा एक गोलले अघि रहेको नेदरल्यान्ड्सले दोस्रो हाफमा अर्को गोल थप्यो। यसपटक ६७ औं मिनेटमा डमफ्रिसले गोल गरेका थिए।

खेलको ४६ प्रतिशत समय बलमा पकड बनाएको नेदरल्यान्ड्सले जित निकालेको हो। ५४ प्रतिशत समय बलमा नियन्त्रण राखेको अष्ट्रियाले प्रतिस्पर्धीको पोस्टतर्फ ९ प्रहार गरे पनि सबै प्रहार खेर गएका थिए।

यो जितसँगै नेदरल्यान्ड्स युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ। ऊ ६ अंकका साथ समूह सीको शीर्षस्थानमा छ भने अष्ट्रिया तीन अंकका साथ तेस्रो स्थानमा छ। दोस्रो स्थानको युक्रेनको पनि तीन अंक छ।

यता अंकविहीन नर्थ म्यासेडोनिया तालिकाको पुछारमा छ।

प्रकाशित: Jun 18, 2021| 01:00 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।