बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • गोलकर्ताले नै उत्सव नमनाएकाे खेल जित्दै बेल्जियम युरो कपको अन्तिम १६ मा

गोलकर्ताले नै उत्सव नमनाएकाे खेल जित्दै बेल्जियम युरो कपको अन्तिम १६ मा

 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं – डेनमार्कविरुद्ध २–१ गोल अन्तरको जित निकाल्दै बेल्जियम युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ।

डेनमार्कको राजधानी कोपनहेगनस्थित पार्केन रंगशालामा भर्खरै सम्पन्न खेलमा डेनमर्कलाई हराउँदै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हो। खेलको पहिलो हाफमा एक गोलले पछि परेको अवस्थाबाट दोस्रो हाफमा थोरगन हजार्डले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

जितका लागि खेलको ७० औं मिनेटमा मिडफिल्ड केभिन डि ब्रुनले विजयी गोल गरेका थिए। दोस्रो हाफको सुरुमा मात्र मैदान पसेका डि ब्रुन बेल्जियमको जितका लागि महत्त्वपूर्ण खेलाडी सावित भए उनले एक गोलका साथै एक 'एसिस्ट' पनि गरे।

यता युरो कपको पहिलो खेलमा हार बेहोरेर जित्नै पर्ने दबाबमा रहेको डेनमार्कले भने दोस्रो हार बेहोर्दै समूह 'बी'को पुछारमा समेटिएको छ। उसका लागि खेलको दोस्रो मिनेटमै युसुफ पौलसेनले गोल गरेका थिए। पिल्ली इमिरी अर्बियाको पासमा पौलसेनले पोस्ट चुमाएका थिए। यो गोलसँगै पहिलाले हाफमा डेमार्कले अग्रता बनाएको थियो। तर टिमले अग्रता कायम राख्न सकेन।

दोस्रो हाफमा बेल्जियमले खेलमा पुनरागमन गर्यो। खेलको ५४ औं मिनेटमा डि ब्रुनले दिएको पासको सदुपयोग गर्दै बेल्जियका हजार्डले खेललाई बराबरीमा ल्याएका थिए। बराबरीपछि दबाब बनाउन सुरु गरेको बेल्जियमका डिब्रुनले गोल गरे। उनले फरवार्ड रोमेलु लुकाकूको संघर्षपूर्ण ड्रिबलिङपछि इडेन हजार्डबाट पाएको पासको सदुपयोग गर्दै गोल गरेका थिए।

अन्तिम १६ मा पुग्नका लागि त्यो गोल निकै महत्वपूर्ण सावित भए पनि डिब्रुनले गोलको उत्सब मनाएनन्। उनी गोल गरेपछि पनि उही गम्भीर मुद्रामा देखिए। र, सबैलाई शान्त रहन इसारा गरे। खेल अवधिभर ५३ प्रतिशत बलमा पकड बनाएको बेल्जियमले कुल पाँच प्रहार मात्र गर्न सक्यो। यता डेनामर्कले पाहुना टोलीको पोस्टतर्फ २० प्रहार गरे पनि पाँच बलले मात्र सहि दिशा लिएका थिए।

यो जितसँगै बेल्जियमले समूह बीमा ६ अंक बनाएको छ भने डेनमार्कको शून्य अंक छ।

प्रकाशित: Jun 17, 2021| 18:11 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।