बिहीबार, असार २५, २०८३

प्रतिस्पर्धात्मक खेलमा युक्रेनद्वारा म्यासेडोनिया पराजित

रोमानियाको नेसनल एरिनामा सम्पन्न खेलमा युक्रेनले २–१ गोलअन्तरको जित निकालेको हो।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- युरो कप २०२० अन्तर्गत बिहीबार भएको नर्थ म्यासेडोनिय र युक्रेनबीचको खेलमा युक्रेनले जित निकालेको छ। रोमानियाको नेसनल एरिनामा सम्पन्न खेलमा युक्रेनले २–१ गोलअन्तरको जित निकालेको हो।

युक्रेनको जितका लागि एन्ड्री योर्मोलेन्को र रोमन यारेमचोकले गोल गरेका थिए भने म्यासेडोनियाका लागि एक्जन अलिओस्कीले गोल गरे।

खेलको २९औं मिनेटमा ओ काराव्यवेले दिएको पासलाई सदुपयोग गर्दै यार्मोलेन्कोले गोल गरेका थिए। त्यसको पाँच मिनेटमै योर्मोलेन्कोले दिएको पासलाई सदुपयोग गर्दै यारेमचोकले गोल गरे।

यससँगै युक्रेनले दुई गोलको अग्रता बनाएको थियो तर दोस्रो हाफमा म्यासेडोनियाले अग्रता घटायो। ५७औँ मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेको एक्जन अलिओस्कीले सोही मिनेटमा गोल गर्दै। दुई गोलले पछि परेको अवस्थालाई २–१ बनाएका थिए।

अलिओस्कीको गोलसँगै खेलमा फर्किएको म्यासेडोनियाले त्यपछिका अवसर भने खेर फालिरह्यो। म्यासेडोनियाले सिर्जना गरेका १३ अवसरलाई सदसपयोग गर्न सकेन। त्यसमध्येका पाँच प्रहार युक्रेनका गोलकिपरको हातमा पुगेर रोकिएका थिए भने बाँकी पोस्टबाहिर गएका थिए।

यता युक्रेनका रुस्लान मलिननोभ्स्कीले पनि खेलको ८४औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्न सकेको थिएन। उनको पेनाल्टीलाई म्यासेडोनियाका किपर स्टोल दिमित्रिभ्स्कीले पोस्टको बायाँतर्फ डाइभ गर्दै गोल बचाएका थिए।

यो हारसँगै म्यासेडोनिया दोस्रो खेलसम्म जितविहीन भएकाले प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ। यता पहिलो खेलमा हार व्यहोरेको युक्रेनले भने दोस्रो खेलमा जित निकाल्दै प्री-क्वार्टरफाइनलको यात्रामा आशा कायम राखेको छ।

समूह सीमा समान तीन अंक जोडेका नेदरल्यान्ड र अस्ट्रिया शीर्ष र दोस्रो स्थानमा छन्। समूह सी अन्तर्गत आजको अर्को खेलमा अस्ट्रिया र नेदरल्यान्डबीच हुँदैछ।

प्रकाशित: Jun 17, 2021| 15:11 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।