बिहीबार, असार २५, २०८३

राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई कोरोनाको खोप दिइयो

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई कोभिडविरुद्धको खोप प्रदान गरिएको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई कोभिडविरुद्धको खोप प्रदान गरिएको छ।

बिहीबार कोभिडविरुद्धको खोप लगाएपछि खेलाडीहरु घर फर्किन सुरु गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

खेलाडी र राष्ट्रिय टिमका अफिसियलले जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरबाट कोभिडविरुद्धको भ्याक्सिन लिएका हुन्।

इराकसँगको मैत्रीपूर्ण र विश्वकप तथा एसिया कपको संयुक्त छनोट खेल खेलेर नेपाली टोली जुन १३ मा नेपाल फर्किएको थियो।

विश्वकप छनोटका पछिल्ला तीन खेलमा नेपालले दुई हार र एक जित निकालेको थियो। यससँगै नेपालले समूह बीको चौथो स्थानमा रहेको छ।

सो छनोटपछि नेपालले एसिया कपको तेस्रो चरण खेल्न पाउने भएको छ।

प्रकाशित: Jun 17, 2021| 12:27 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।