बिहीबार, असार २५, २०८३

बिदाइमा रामोसले आँसु थाम्न सकेनन् 

१६ वर्षको यात्रापछि कप्तान सर्जियो रामोसले रियल मड्रिडबाट बिदा लिएका छन्।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

एजेन्सी- १६ वर्षको यात्रापछि कप्तान सर्जियो रामोसले रियल मड्रिडबाट बिदा लिएका छन्। लामो समय बिताएको क्लबबाट ठूलठूला सपना साकार बनाएका रामोसको बिदाइ उनका लागि कठिन देखियो।

क्लबबाट बिदा हुँदाको समयमा उनल आँसु थाम्न सकेनन्। ‘म एक दिन यहाँ फर्किनेछु। म विश्वस्त छु कि म फर्किनेछु। अहिले म रियल मड्रिडलाई धेरै धन्यवाद भन्न चाहन्छु। म मेरो मुटुमा सँधै रियललाई लिएर घुम्नेछु’, बिदाइको समयमा रामोसले भनेका छन्। 

उनले रियलबाट चार च्याम्पियन्स लिगसहित २२ उपाधि जितेका छन्। त्यस्तै, डिफेन्डरले रियलको बसाईमा १०१ गोलसमेत गरेका छन्।

प्रकाशित: Jun 17, 2021| 11:29 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।