बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • २० वर्ष युभेन्टस‍्मा बिताएका विश्वप्रसिद्ध गोलकिपर वुफन पार्मा फर्किए

२० वर्ष युभेन्टस‍्मा बिताएका विश्वप्रसिद्ध गोलकिपर वुफन पार्मा फर्किए

पछिल्लो सिजन सकिएसँगै युभेन्टस् छोड्ने घोषणा गरेका भेट्रान इटालियन गोकिपर जानलुइजी वुफन सिरी ए क्लब पार्मामा अनुबन्धित भएका छन्।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- पछिल्लो सिजन सकिएसँगै युभेन्टस् छोड्ने घोषणा गरेका भेट्रान इटालियन गोकिपर जानलुइजी वुफन सिरी ए क्लब पार्मामा अनुबन्धित भएका छन्।

पार्माले ट्विटरमा एक सूचना राख्दै उनलाई अनुबन्ध गरेको उल्लेख गरेको छ। ‘उनी जुनमा थिए त्यही फर्किएका छन्। उनी घर फर्किए,’ पार्माले बुफनलाई मेन्सन गर्दै ट्विट गरेको छ।

उनले क्लब छोडेको २० वर्षपछि फेरि पार्मामा फर्किएका हुन्। ४३ वर्षे बुफन २०१९ को जुलाईमा फ्रेन्च क्लब पीएसजीबाट टुरिन फर्किएका थिए। उनले फ्रेन्च राजाधानी पेरिसबाट एक सिजन खेलेपछि युभेन्टस् फर्किएका थिए।

यता युभेन्टस्सँगको सम्झौता जुनमा सकिँदै गर्दा उनले युभेन्टस् छोड्ने प्रतिक्रिया दिइसकेका थिए। ‘म यो सिजन सकिएसँगै युभेन्टस् छोड्दैछु। सम्झौता लामो नबनाउने निर्णयमा पुगेको छु,’ बुफनले पछिल्लो महिना भनेका थिए।

उनले युभेन्टसबाट पछिल्लो सात सिरी ए खेलमा तीन क्लब सिट राखेका छन्। त्यस्तै उनले टिमलाई कोपा इटालिया फाइनल जिताएका थिए। मे १९ मा भएको त्यो खेल युभेन्टस‍्मा उनको अन्तिम खेल भयो।

बुफन इटालीले फिफा २००६ को विश्वकप जित्दा सोही टिममा थिए। उनले जीवनमा ११ सयभन्दा धेरै खेलमा गोलपोस्ट सम्हालिसकेका छन्।

विश्वका सर्वाधिक खेल्ने खेलाडीको सूचीमा बुफन पनि पर्दछन्। उनले इटालीको सबै उमेर समूहका टिमबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन्। र, उनले १९९७ मा इटालीको सिनियर टिममा डेब्यू गरेका थिए। जहाँबाट १७६ खेल खेले।

क्बल करिअरमा उनले यसअघि पार्मा, युभेन्टस र पीएसजीमा बिताए। ६ वर्ष पार्मामा बिताएका उनी २००१ मा विश्व कीर्तिमानी मूल्यमा युभेन्टस् पुगेका थिए।

२०१८–१९ को सिजन पीएसजीबाट खेल्नुबाहेक बाँकी सबै सिजन उनले युभेन्टस‍बाट खेले। त्यसैक्रममा उनी सिरी ए मा सबैभन्दा लामो समय क्लिन सिट राख्ने खेलाडीमा पर्छन्। उनले १२ खेलमा लगातार क्लिन सिट राखेका थिए।

‘मेरो भविष्य क्लियर छ। यो सुन्दर र लामो अनुभवसँगै म यो वर्षबाट युभेन्टस् छोड्दैछु,’ उनले अघिल्लो महिना भनेका थिए, ‘अब अघि यदि मलाई खेल्न प्रेरणा मिल्ने ठाउँ रहेछ भने खेल्छु।’

अन्योल भविष्यका साथ युभेन्टसबाट बाहिरिएका गोलकिपर फ्रि ट्रान्सफरमार्फत् पार्मामा फर्किएका हुन्।

प्रकाशित: Jun 17, 2021| 11:05 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।