बिहीबार, असार २५, २०८३

युरो कपमा आज तीन खेल : यस्तो छ हेड टू हेड

युरोपेली देशहरूको महादेशिय प्रतियोगिता युरो कपमा आज तीन खेल हुँदैछन्।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- युरोपेली देशहरूको महादेशिय प्रतियोगिता युरो कपमा आज तीन खेल हुँदैछन्।

आजको पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनिया भिड्दै छन् भने दोस्रो खेलमा डेनमार्क र बेल्जियम भिड्दैछन्। त्यस्तै आजको तेस्रो खेलमा नेदरल्यान्डले अष्ट्रियाको सामना गर्नेछ।

रोमानियाको राजधानी बुखारेस्टस्थित नेसनल एरिनामा नेपाली समयअनुसार साँझ ६:४५ मा सुरु हुने खेलमा युक्रेनले नर्थ म्यासेडोनियाको सामना गर्नेछ।

युक्रेन र म्यासेडोनिया युरो कपको पहिलो खेलमा पराजित टिम हुन्। त्यसैले विश्व वरियतामा २४औं स्थानमा रहेको युक्रेन र ६२औं स्थानको म्यासेडोनिया आजको खेलमा पहिलो पटक जित निकाल्न चहान्छन्।

यी दुईबीच पछिल्लो सिजनको युरो कप छनोटमा पनि भेट भएको थियो। जतिबेला युक्रेनले म्यासेडोनियालाई दुवै लेगमा हराएको थियो।  युक्रेन र म्यासेडोनियाबीच पछिल्ला चार खेल हुँदा दुवै टिमले चार गोल गरेका छन्। जहाँ म्यासेडोनियाले एक गोल गरेको छ भने बाँकी तीन गोल युक्रेनले गरेको छ।

तर, पछिल्लो समय युक्रकेनको जितको लय कायम छैन। उसले युरोपियन च्याम्पियसिपका पछिल्ला ६ खेलमै हार बेहोरेको छ। युरोपियन च्याम्पियनसिपमा यो सन् १९८४ यताकै सबैभन्दा लामो हार पनि हो।

पहिलोपटक युरोपियन च्याम्पियनसिप खेलिरहेको म्यासेडोनियाले पहिलो खेलमै हार बेहोरेको छ। यसकारण आजको खेल दुवै टिमका लागि महत्वपूर्ण छ।

राति पौने १० बजे सुरु हुने आजको दोस्रो खेलमा विश्व नम्बर वान बेल्जियमले १०औं वरियाताको डेनमार्कको सामना गर्नेछ। युरो कपमा पछिल्लो खेलमा आफ्ना महत्वपूर्ण खेलाडी क्रिस्टियन एरिक्सन टिमबाट गुमाएपछि उसको आत्मविश्वासमा कमी आएको छ।

यसकारण बलियो बेल्जियमसँगको भिड्न्त डेनमार्कलाई भारी पर्न सक्नेछ। युरोपियन च्याम्पियनसिपमा यि दुई टिमबीच १९८४ मा खेल भएको थियो। जहाँ डेनमार्कले ३-२ गोलको जित निकालेको थियो।

यी दुई क्लबले १९२२ मा गोलरहित बराबरी खेलेका थिए। यता नेसन्स लिगमा भने बेल्जियम र डेनमार्कले खेलिसकेका छन्। त्यो खेलसँग जोडेर हेर्दा अहिले बेल्जियम डेनमार्कलाई लागतार तेस्रो पटक हराउन चहान्छ।

नेसन्स लिगमा बेल्जियमले डेनमार्कलाई ४–२ र २–० गोलले हराएको थियो। त्यसैले अहिले डेनर्माक बेल्जियमलाई हराउँदै आफूलाई सावित गर्न चहान्छ। यो खेलमा जित निकाल्न सके बेल्जियम अन्तिम १६ मा पुग्नेछ।

यता एक खेलमा हार बेहोरिसकेको डेनमार्कको अगाडीको यात्राका लागि पनि यो खेल गर वा मरको अवस्थामा हुनेछ।

त्यस्तै, आज राती १२:४५ बाट सुरु हुने खेलमा नेदरल्यान्डले अष्ट्रियाको सामना गर्दैछ। नेदरल्यान्डको अमस्टरडममा हुने खेलमा घरेलु टिमले अष्ट्रियालाई आतिथ्यता प्रदान गर्नेछ।

नेदरल्यान्ड र  अष्ट्रियाबीच पछिल्ला १३ खेलको कुरा गर्दा, अष्ट्रियाले तीन खेल जितेको छ। नेदरल्यान्डले त्यसको दोब्बर खेल जितेको छ भने बाँकी बराबरी भएका छन्। तर अष्ट्रियाले नेदरल्यान्डविरुद्ध १९९० यता जित निकालेको छैन।

यद्यपी दुई टिमको खेल धेरै गोलको हुने गरेको छ। पछिल्ला सात खेलमा यि दुई टिमले ३० गोल गरेका छन्।

सन् १९३३ पछि पहिलो पटक आमस्टारडम रंगशालामा अष्ट्रियाले घरेलु टिमविरुद्ध खेल्दैछ।

प्रकाशित: Jun 17, 2021| 07:28 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।