बुधबार, असोज १४, २०८३

प्रतिभा पुरस्कार ६ साहित्यकार र एक संस्थालाई प्रदान गर्ने घोषणा

प्रतिभा पुरस्कार प्रतिष्ठानले २०७७ सालका विभिन्न पुरस्कारको घोषणा गरेको छ। प्रतिष्ठान कार्यसमिति अध्यक्ष दधिराज सुवेदीको अध्यक्षतामा बिहीबार बसेको बैठकले पुरस्कार घोषणा गरेको हो।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

विराटनगर– प्रतिभा पुरस्कार प्रतिष्ठानले २०७७ सालका विभिन्न पुरस्कारको घोषणा गरेको छ। प्रतिष्ठान कार्यसमिति अध्यक्ष दधिराज सुवेदीको अध्यक्षतामा बिहीबार बसेको बैठकले पुरस्कार घोषणा गरेको हो।

जसअनुसार साहित्यकार डा. राजेन्द्र विमललाई रु. ५० हजार राशिको राष्ट्रिय स्तरको प्रतिभा पुरस्कार, पाणिनि संस्कृत विद्यालय (गुरुकुल) विराटनगरलाई रु. ५० हजार राशिको लीलानाथ विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार र साहित्यकार गंगा सुवेदीलाई रु. ५० हजार राशिको ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार दिइने भएकाे छ।

यसैगरी साहित्यकार लक्ष्मी उप्रेतीलाई रु. ५० हजार राशिको दिनबन्धु गोयल प्रतिभा पुरस्कार, महाकाव्यकार भानुभक्त सुवेदी कुभिण्डेलीलाई रु. २१ हजार राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार तथा रु. २० हजार राशिको षडानन्द प्रतिभा पुरस्कार कविद्वय शुभलक्ष्मी लम्साल र ममता मृदुललाई संयुक्त रूपमा प्रदान गरिने भएको प्रतिष्ठानका सचिव कविराज न्यौपानेले बताए।

विराटनगरबाट २०३९ सालदेखि वितरण गर्न थालिएका यी पुरस्कार  निजी क्षेत्रको राष्ट्रिय स्तरको अग्रणी पुरस्कारहरु मानिन्छन् । यस संस्था र यसका पुरस्कारबाट अहिलेसम्म करिब १०० जना साहित्यकार पुरस्कृत तथा सम्मानित भइसकेका छन् । घोषणा गरिएका पुरस्कार असार २९ गते भानुजयन्तीको अवसरमा वितरण गरिनेछ।

प्रकाशित: Jun 17, 2021| 06:08 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।