सोमबार, चैत ९, २०८२

बच्चालाई कोरोना महामारीमा कसरी जोगाउने?

मुलुकमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ। दोस्रो लहर केही घट्दो क्रममा रहे पनि स्वास्थ्यमन्त्रालयले तेस्रो लहरको जोखिम हुनसक्ने चेतावनी दिइसकेको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

मुलुकमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ। दोस्रो लहर केही घट्दो क्रममा रहे पनि स्वास्थ्यमन्त्रालयले तेस्रो लहरको जोखिम हुनसक्ने चेतावनी दिइसकेको छ। तेस्रो लहरमा महामारीबाट बालबालिकाहरू बढी प्रभावित हुने मन्त्रालयको अनुमान छ।

National life

त्यसैले मन्त्रालयले विभिन्न कोभिड अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेको छ। त्यसैले यस्तो अवस्थामा बच्चाहरूको विशेष ख्याल गर्नुपर्छ।

बच्चाहरूलाई कोरोनाबाट बचाउनका लागि मास्कको प्रयोग गर्नुपर्छ। मास्कको नियमित प्रयोगले बालबालिकाको शरीरमा भाइरस प्रवेश गर्नबाट रोक्न सकिन्छ। निकै साना बालबालिकाले मास्क लगाउन नसक्ने भए पनि ५ देखि १८ वर्षसम्मका बालबालिकामा अनिवार्य मास्क लगाउनुपर्छ। दुईदेखि पाँच वर्षसम्मका बालबालिकामा पनि मास्न प्रयोग गर्न सकिन्छ। तर, उनीहरूमाथि ध्यान दिइराख्नुपर्छ।

अहिले अवस्था सहज छैन। त्यसैले बालबालिकालाई बाहिर जानदिनु हुँदैन। अभिभावकहरूले बाहिर निस्किँदा बालबालिकालाई भने लग्नुहुँदैन। र, बाहिरबाट आइसकेपछि पनि साबुनपानीले हात धोएर, बाहिर निस्किँदा प्रयोग गरेका लुगा फेरेर मात्र बालबालिकाको सम्पर्कमा आउनुपर्छ।

बालबालिकालाई घर भित्र बसिराख्दा दिक्क लाग्न सक्छ। यस्तो अवस्थामा उनीहरूसँग खेल्ने, मन मिल्ने साथिभाइहरूलाई भिडियो कल गरेर कुराकानी गर्न लागउने गर्नुपर्छ।

Laxmi sunrise bank
kumari

यस्तै बालबालिकामा हात धुने बानीको बनीको विकास गर्नुपर्छ। यो सानोमा मात्रै नभएर जीवनभर काम लाग्ने राम्रो बानी हो। बालबालिकालाई बेला-बेला साबुनपानीले हात थुने बानीको विकास गर्नुपर्छ। पटक-पटक हात धुन बालकालिकालाई मन नपर्न सक्छ। यस्तो अवस्थामा उनीहरूलाई मन पर्ने कुरा दिने भन्दै हात धुने बानीको विकास गर्नुपर्छ।

यसका साथै बालबालिकालाई पिउनका लागि मनतातो पानी दिनुपर्छ।  दुई वर्ष भन्दा माथिका बालबालिकालाई बिहान र बेलुका गरि दुई पटक ब्रस गर्न लगाउनुपर्छ।

साना बालबालिकामा नियमित रुपमा तेलले मालिस गर्नुपर्छ। पाँच वर्ष भन्दा माथिका बालबालिकालाई मनतातो पानिले गरारे गराउन लगाउनुपर्छ। पाँच वर्ष भन्दा माथिका बालबालिकालाई उनीहरूको क्षमता अनुसार योग गराउनुपर्छ।

प्रकाशित: Jun 17, 2021| 01:46 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्