बुधबार, माघ ७, २०८२

यस्तो छ युरोकप 'पावर र्‍यांकिङ'

जारी युरोकपमा समूह चरणको पहिलो चरणका खेल सकिइसकेका छन्। अब ११ जुलाईमा हुने फाइनलमा कुन–कुन टिम पुग्लान्? वेम्बली स्टेडियममा हुने फाइनलमा युरोकपको ट्रफी कसले उचाल्ला? चासो बढेको छ।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

जारी युरोकपमा समूह चरणको पहिलो चरणका खेल सकिइसकेका छन्। अब ११ जुलाईमा हुने फाइनलमा कुन–कुन टिम पुग्लान्? वेम्बली स्टेडियममा हुने फाइनलमा युरोकपको ट्रफी कसले उचाल्ला? चासो बढेको छ।

National life

गोलडटकमले युरोकप खेल्ने सबै टिमलाई पहिलो खेलका आधारमा ‘र्‍यांक’ गरेको छ।

२४. उत्तरी मेसेडोनिया (यसअघि २२ स्थानमा) 

यदि उत्तरी मेसेडोनियाले नकआउट चरणमा स्थान बनाउनु छ भने समूहको बलियो टोली अस्ट्रियासँग केही लिन जरुरी छ। यद्यपि मेसेडोनियाले पहिलो खेलमा राम्रो प्रदर्शन गरेर पनि ३–१ ले पराजित हुन पुग्यो। यसको मतलब उसको अन्तिम १६ मा पुग्ने सम्भावना पातलो बनेको छ।

२३. हंगेरी (यसअघि २१ औं स्थानमा) 

Laxmi sunrise bank
kumari

हंगेरी पोर्चुगलसँग एक अंक खोस्ने अग्रसर थियो। त्यसका लागि बुडापेस्टमा उसले राम्रै मेहनत गरेको पनि हो। तर, साविक विजेता पोर्चुगलका अघि उसको केही लागेन। समूह एफबाट अन्तिम १६ मा पुग्ने उसको सम्भावना न्यून छ।

२२. स्कटल्यान्ड (यसअघि २० औं स्थानमा)

२३ वर्षपछि ठूलो प्रतियोगिता खेलेको स्कटल्यान्डले पहिलो खेल चेक रिपब्लिकसँग खेल्यो। तर, हेम्पडेन पार्कमा उसले निराशाजनक नतिजा व्यहोर्नुपर्‍यो। अब स्कटल्यान्ड अघि जाने हो भने इंग्ल्यान्ड र क्रोएसियासँगको खेलमा नतिजा आफ्नो पक्षमा पार्नुपर्ने छ।

२१. रुस (यसअघि १८ औं)

रुस त्यही टिम हो, जसले सन् २०१८ मा घरेलु मैदानमा भएको विश्वकपको क्वार्टरफाइनलमा पुगेर विश्वलाई चकित बनाएको थियो। तर, युरोकपमा भने उस्तै रुस देख्न सकिएन। सुरुवाती खेलमा बेल्जियमविरुद्ध उसले खराब प्रदर्शन गर्‍यो। यदि अघिल्लो चरण प्रवेश गर्ने हो भने डेनमार्क र फिनल्यान्ड विरुद्धको खेलमा नतिजा आफ्नो पक्षमा पार्नुपर्नेछ।

२०. फिनल्यान्ड (यसअघि २४ औं स्थानमा)

पहिलो पटक ठूलो प्रतियोगिता खेलेको फिनल्यान्डले दुखद् परिस्थितीको सामना गर्नुपर्‍यो। डेनमार्क विरुद्धको खेलको पहिलो हाफमा क्रिस्टियन एरिक्सनले सामना गरेको स्वास्थ्य संकटले सबैलाई चिन्तित बनायो। यद्यपि उक्त खेल फिनल्यान्डले १–० गोलले जित्यो। नकआउट चरणको यात्रामा प्राप्त तीन अंक उसका लागि महत्वपूर्ण हुनेछ। यदि फिनल्यान्ड नकआउट चरणमा पुग्छ भने त्यो उसका लागि ऐतिहासिक सफलता हुनेछ।

१९. पोल्यान्ड (यसअघि १३ औं स्थानमा)

पोल्यान्डले ठूला प्रतियोगितामा कतिपटक निराश बनाउँछ? समर्थकको मनमा उब्जिएको प्रश्न हो यो। पोल्यान्डले विश्वकप र यूरोकपमा पछिल्लो पाँच पटकको सहभागितामा एक पटक समूह चरण पार गरेको छ। यो पटकको युरोकपको पहिलो खेलमा स्लोभाकिया विरुद्ध पराजित हुन पुग्यो। यसले पुनः समूह चरणबाटै घर फर्किने सम्भावनालाई बढावा दिएको छ। 

यदि पोल्यान्डले निराशाजनक नतिजा सुधार्ने हो भने रोवर्ट लेवान्डोस्कीले १२ प्रतियोगितामा केवल २ गोल गर्ने रेकर्ड सुधार्नुपर्ने छ।

१८. वेल्स (यसअघि १९ औं) 

स्विट्जरल्यान्ड विरुद्ध एक अंक खोस्न सफल वेल्सको प्रदर्शन उदासीन थियो। उसले अब राम्रो गर्ने हो भने टर्की विरुद्धको खेलमा नतिजा आफ्नो पक्षमा पार्नुपर्ने छ। रोममा इटाली विरुद्ध समेत उसले राम्रो खेल्नुपर्नेछ।

१६. स्लोभाकिया (यसअघि २३ औं)

भलै स्लोभाकियाले युरोकप छनोटमा उत्साहजनक प्रदर्शन नगरेको हो, तर युरोकपको समूह ई को पहिलो खेलमा रोबर्ट लेवान्डोस्की सहितको पोल्यान्डलाई हराइदियो। जुन यो प्रतियोगिताको अनेक्षित नतिजामध्ये एक थियो।

पोल्यान्ड विरुद्धको खेलमा हात परेको जित नै स्लोभाकियाका लागि नकआउट चरण प्रवेश गर्ने कडी बन्ने छ। यद्यपि स्पेन र स्वीडेनविरुद्धको कठिन परीक्षा भने उसका लागि बाँकी नै छ। 

१६. युक्रेन (यसअघि १५ औं)

समूह सी मा रहेको युक्रेन पहिलो खेलमा नेदरल्याण्डससँग ३–२ ले पराजित हुनपुग्यो। तर २–० ले पछि परिसकेको अवस्थामा पनि गोल फर्काएर नतिजा बराबार गर्ने प्रयास गर्नु उसका लागि सकारात्मक नै हो। तर, आगामी यात्रा तय गर्न उसले बाँकी खेलमा जित निकाल्नुपर्ने छ।

१५. अस्ट्रिया (यसअघि १७ औं)

युरोपियन च्याम्पियनसिपमा आफ्नो पहिलो जित दर्ता गर्ने क्रममा अस्ट्रियाले उत्तरी मेसेडोनियालाई हरायो। यसबाट पत्ता लाग्छ अस्ट्रियाले युरोकपमा राम्रो गर्न कति मेहनत गरको छ। डेभिड आलबा र मार्सेल सबित्जरले उत्कृष्ट खेल देखाइसकेका छन्। उसको प्रदर्शन हेर्दा अन्तिम १६ मा जान तयार रहेको देखिन्छ। अन्तिम १६ भन्दा माथि उसको यात्रा कल्पना गर्न सकिँदैन। 

१४. क्रोएसिया (यथास्थानमा)

इंग्ल्यान्ड विरुद्धको खेलमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको भन्दै लुका मड्रिचको आलोचना भइरहेको छ। मिडफिल्डमा नियन्त्रण गुमाएको भन्दै बालोन डिओर विजेता मड्रिचको आलोचना भएको हो। सन् २०१८ को विश्वउपविजेता क्रोएसियाले युरोकपमा राम्रो गर्न अझै मेहनत गर्नुपर्ने देखिन्छ।

१३. टर्की (यसअघि १० औं) 

टर्कीले युरोकपमा निराशाजनक सुरुवात गगरेको छ। इटालीसँगको ३–० को हारले उसको नकआउट यात्रामा धक्का लागेको छ। अब उसले वेल्स र स्विट्जरल्यान्ड विरुद्धका खेलमा उसले नतिजा पल्टाउन सक्नुपर्नेछ।

१२. स्विट्जरल्यान्ड (यसअघि ११ औं) 

पहिलो खेलमा स्विट्जरल्यान्डले वेल्ससँग बराबरी खेलेको थियो। अब उसले इटाली र टर्कीसँग खेल्न बाँकी छ। दुवै खेलमा राम्रो नतिजा ल्याउनु उसका लागि आवश्यक छ।

११. डेनमार्क (यसअघि आठौं)

आफ्ना स्टार मिडफिल्डर क्रिस्टियन एरिक्सनको गम्भीर स्वास्थ्य समस्याले खेलमा ध्यान केन्द्रित गर्न नसकेको डेनमार्क पहिलो खेलमा फिनल्यान्डसँग पराजित बनेको थियो। अब बेल्जियम र रसिया विरुद्ध उसले राम्रो प्रदर्शन गर्नुपर्नेछ।

१०. स्वीडेन (यसअघि १२ औं)

पहिलो खेलमा स्पेनलाई बराबरीमा रोक्न सफल भएको स्वीडेनले राम्रो खेल पस्किएको थियो। तर, उसको खराब फिनिसिङ सुधार्न आवश्यक छ। आगामी खेलमा फिनिसिङ सुधार्ने राम्रो नतिजा प्राप्त नगर्ने हो भने नकआउट चरणमा पुग्न गााह्रो हुनेछ।

९. चेक रिपब्लिक (यसअघि १६ औं)

प्रतियोगिता सुरु हुनुअघि चेक रिपब्लिकलाई सायदै कसैले डार्क हर्सको रुपमा लिएका थिए। तर, उसले स्कटल्यान्ड विरुद्ध आश्चर्यजनक खेल देखाएको थियो। प्याट्रिक स्किकले दुई गोल गरेका थिए। प्रतियोगितामा राम्रो गर्ने हो भने अघिल्ला खेलमा समेत उसले यही स्तरको खेल पस्कनुपर्ने छ। 

८. जर्मनी (यसअघि छैटौं)

जर्मनी एकनाशको प्रदर्शन गर्न नसक्ने समस्याबाट प्रताडित बनेको छ। यद्यपि प्रशिक्षक जोचिम लोको अन्तिम प्रतियोगितामा उसले राम्रो सुरुवात गर्ने अपेक्षा समेत गरिएको थियो। तर, फ्रान्स विरुद्ध जर्मनीले निराशाजनक नतिजा व्यहोर्नुपर्‍यो। यदि नकआउट चरणमा पुग्ने हो भने उसले पोर्चुगल र हंगेरी विरुद्ध जित निकाल्नुपर्नेछ। तर, पोर्चुगलले हंगेरीलाई हराएर नकआउट चरणका लागि तयार भएको संकेत गरेको छ।

७. स्पेन (यथास्थानमा) 

सन् २०१८ को विश्वकपमा खेलमा हावी भएर पनि गोल गर्न नसकेको भन्दै स्पेनको आलोचना भएको थियो। तीन वर्ष पछि घरेलु मैदानमा स्वीडेनविरुद्ध भएको युरोकपको पहिलो खेलमा समेत स्पेन उही रोगबाट ग्रसित देखियो। गोलरहित बराबरीमा सकिएको खेलले लुइस इनरिकको टोलीले आक्रमण सुधार्न आवश्यक रहेको देखाएको छ।

६. नेदरल्यान्ड (यसअघि नवौं स्थानमा)

के नेदरल्यान्डलाई युरोकप २०२० मा देख्दा मजा आउँदैन र? विल्कुल आउँछ। के यसको मतलब नेदरल्यान्ड सभ्भावित विजेता मध्ये एक हो? सायद होइन। नेदरल्यान्डको राम्रो र नराम्रो पक्ष युक्रेन विरुद्धको खेलमा देखियो। यदि युरोकपमा लामो यात्रा तय गर्ने हो भने टिममा अझै दृढता देखिनुपर्नेछ।

५. इंग्ल्यान्ड (यसअघि चौथो) 

यो प्रतियोगितामा इंग्ल्यान्डको आक्रामक खेलको आशा नगर्ने मानिसहरु पनि छन्। तर उसले पहिलो खेलमा क्रोएसिया विरुद्ध १–० को जित निकाल्यो। यद्यपि ग्यारेथ साउथगेटका सामु आगामी खेलमा प्रदर्शनमा सुधार गर्नुपर्ने चुनौति देखिन्छ। 

४. इटाली (यसअघि पाँचौं)

पहिलो खेलमै इटालीले उत्साहजनक सफलता हात पारेको छ। टर्की विरुद्ध प्राप्त ३–० को जितसँगै उत्कृष्ट सुरुवात गरेको इटाली उपाधिको दावेदार समेत हो। रोबर्ट मेन्सिनीको टोलीबाट यसपटकको युरोकपमा ठूलो अपेक्षा समेत राखिएको छ।

३. पोर्चुगल (यथास्थानमा)

साविक विजेता पोर्चुगल बुडापेस्टमा ८० मिनेटसम्म गोल गर्न असफल रह्यो। तर, अन्तिम १० मिनेटमा लगातार तीन गोल गर्दै पोर्चुगलले प्रतियोगितामा सुखद् सुरुवात मात्रै गरेन, उपाधि रक्षाका लागि तयार रहेको संकेत समेत दियो। जर्मनी, फ्रान्स सम्मिलित ‘गुप अफ डेथ’बाट नकआउट चरणमा प्रवेश गर्ने राम्रो स्थिती समेत पोर्चुगलले बनायो।

२. बेल्जियम (यथास्थाानमा)

केभिन डे ब्रुने र इडेन हजार्ड बेन्चमा रहँदा समेत बेल्जियमले युरोकपमा शानदार सुरुवात गरेको छ। यसपटक बेल्जियमलाई युरोकपको फाइनालिस्टका रुपमा हेरिएको छ। 

१. फ्रान्स (यथास्थानमा)

जर्मनी विरुद्धको पहिलो खेलमा फ्रान्सको पुरानो खेल देखिएन। यद्यपि म्युनिखमा १–०को सुखद् नतिजा निकाल्दै विश्वविजेता र अघिल्लो संस्करणको उपविजेता फ्रान्सले प्रतियोगिताको सुरुवात गरेको छ। डिफेन्स र अट्याक बलियो रहेको डेडियर डिस्च्याम्पको टोली उपाधिको बलियो दाबेदार त हुँदै हो, केही हप्तासम्म हराउनेवाला टोली समेत बनिरहने अपेक्षा गरिएको छ। 

गोलडटकमबाट

प्रकाशित: Jun 16, 2021| 14:05 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।