बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • जर्मनीका प्रशिक्षकले दोहोर्‍याए फोहोरी व्यवहार : फेरि सुँघे औंला 

जर्मनीका प्रशिक्षकले दोहोर्‍याए फोहोरी व्यवहार : फेरि सुँघे औंला 

जर्मनीका प्रशिक्षक जोचिम लोले आफ्नो पुरानो फोहोरी व्यवहार पुनः दोहोर्‍याएका छन्। युरोकपमा फ्रान्सविरुद्धको पहिलो खेलमा उनी औंला सुँघिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। 
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

एजेन्सी- जर्मनीका प्रशिक्षक जोचिम लोले आफ्नो पुरानो फोहोरी व्यवहार पुनः दोहोर्‍याएका छन्। युरोकपमा फ्रान्सविरुद्धको पहिलो खेलमा उनी औंला सुँघिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। 

सन् २०१६ को युरोकपमा ट्राउजरभित्र हात छिराएर औंला सुँघेको भिडियो भाइरल बनेको थियो। पाँच वर्षपछि उनी औंला सुँघिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। फ्रान्ससँग १–० ले पराजित भएको खेलमा लोले औंला नाकमा लगेर सुँघेको तस्बिर अहिले भाइरल भइरहेको छ। 

उनको यो तस्बिरमाथि ट्विटरमा बहस भइरहेको छ। ट्विटर प्रयोगकर्ताहरुले तस्बिर पोस्ट गर्दै सोधेका छन्, ‘जोचिम लो सँधै आफ्नो औंला किन सुँघ्छन्?’ केहीले भने लोको मजाक उडाएका छन्। 

पाँच वर्षअघि फ्रान्समा भएको युरोकपमा युक्रेनविरुद्धको खेलमा उनको घिनलाग्दो हर्कत कैद भएको थियो। युरोकपको यो संस्करणमा जर्मनी फ्रान्स, पोर्चुगल र हंगेरी सम्मिलित ग्रुप अप डेथमा छ।

जर्मनीले आगमी खेल शनिबार साविक विजेता पोर्चुगलसँग खेल्नेछ। यो प्रतियोगितापछि १५ वर्ष राष्ट्रिय टोलीको नेतृत्व गरेका लो जिम्मेवारी मुक्त हुँदैछन्। उनलाई बायर्न म्युनिखका पूर्वप्रशिक्षक हान्सी फ्लिकले प्रतिस्थापन गर्नेछन्।

No description available.

प्रकाशित: Jun 16, 2021| 10:43 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।