बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • डेनमार्कका प्रशिक्षकको आक्रोश : कोभिड हुँदा खेल स्थगित हुन्छ, ‘कार्डियक अरेस्ट’ हुँदा किन हुँदैन?

डेनमार्कका प्रशिक्षकको आक्रोश : कोभिड हुँदा खेल स्थगित हुन्छ, ‘कार्डियक अरेस्ट’ हुँदा किन हुँदैन?

डेनमार्कका प्रशिक्षक कास्पर हजुलमन्डले यूईएफएसँग मानवीय करुणाको कमी रहेको आरोप लगाएका छन्।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं- डेनमार्कका प्रशिक्षक कास्पर हजुलमन्डले यूईएफएसँग मानवीय करुणाको कमी रहेको आरोप लगाएका छन्। उनले क्रिस्टियन एरिक्सनलाई कार्डियक अरेस्ट पछि खेल्न दबाब दिइएको बताएका छन्। 

शनिबार फिनल्यान्डविरुद्ध डेनमार्कको पहिलो खेल चलिरहँदा एरिक्सन ढलेका थिए। अस्पताल पुग्नुपूर्व उनी होसमा आएका थिए।

डेनमार्कलाई भोलिपल्ट खेल्ने विकल्प दिनुभन्दा पहिला खेल ९० मिनेट स्थगित भएको थियो। हुजुलमन्डका खेलाडी सोही दिन मैदान उत्रिए, तर डेनमार्क १–० ले हार्न पुग्यो। 

‘कोरोनाका हुँदा ४८ घण्टाका लागि खेल स्थगित गर्न सम्भव हुन्छ। तर, कार्डियक अरेस्टबाट खेलाडी पीडित हुँदा खेल खेल्न दबाब दिइन्छ। मलाई लाग्छ यो गलत हो,’ उनले भनेका छन्।

हाल अस्पतालमा उपचाररत एरिक्सनले मंगलबार तस्बिर पोस्ट् गर्दै राम्रो महसुस गरिरहेको बताएका थिए। डेनमार्कले युरोकपको दोस्रो खेल बिहीबार बेल्जियमविरुद्ध खेल्दै छ।

प्रकाशित: Jun 16, 2021| 07:44 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।