काठमाडौं- जर्मनीका डिफेन्डर एन्टोनियो रुडिगर मंगलबार राति भएको युरोकपको खेलका समयमा फ्रान्सका सुपरस्टार पल पोग्बालाई टोकिरहेको देखिए। रुडिगर क्यामेरामा पोग्बाको काँधतर्फ र अघि बढेर आफ्नो टाउको झुकाएको देखिए।
त्यो दृश्य यस्तो लाग्थ्यो कि उनले जर्सीभित्र आफ्नो दाँत गाड्ने प्रयास गरिरहेका थिए, जसले फ्रेन्च खेलाडी भ्रमित बनेका बने।
पोग्बाले तुरुन्तै रेफ्रीलाई उजुरी गरे। तर, हाफटाइम ब्रेकसम्म यो घटनामा कसैको ध्यान गएन र कुनै कारबाही भएन। खेलपछि म्यानचेस्टर युनाइटेडका स्टार पोग्बाले भने, ‘उनले टोक्ने प्रयास गरे। मैले तुरुन्तै रेफ्रीलाई जानकारी दिएँ। म उनले पहेँलो र रातो कार्ड पाउनुपर्छ भन्दिनँ। उनी खेलबाट निलम्बित होउन् भन्ने चाहन्नथेँ। हामीले अन्तिममा अँगालो मार्यौं र त्यो त्यहीँ सकियो।’
भार परीक्षण पनि भएन र खेल जारी राखियो। यूईएफएले खेलपछि घटनाका बारेमा छानबिन गर्न सक्छ। यदि टोक्ने प्रयास गरेको पुष्टि भए रुडिगरलाई कडा कारबाहीसमेत हुन सक्छ। रुडिगरले खेलअघि फ्रान्सलाई हराउन जर्मनीले थोरै ‘डर्टी’ खेल खेल्ने बताएका थिए।
उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले सन् २०१४ को विश्वकपमा इटालीका चियोर्जियो चिलिनीलाई टोकेका थिए। स्वारेजलाई चार महिना प्रतिबन्ध लगाइएको थियो र ६६ हजार पाउन्ड जरिबाना तिराइएको थियो।
स्वारेजले सन् २०१० मा आयाक्समा हुँदा पीएसबी आइन्डहोवनका ओटम्यान बक्कलाई टोकेका थिए। त्यो बेला उनी माथि सात खेलको प्रतिबन्ध लगाइएको थियो।
त्यसको तीन वर्षपछि चेल्सीको डिफेन्डर ब्रानिस्लाभ इभानोभिचलाई टोक्दा उनले १० खेलको प्रतिबन्ध खेप्नुपरेको थियो।