बुधबार, माघ ७, २०८२

युरोकप: दोस्रो प्रतिस्पर्धा आजबाट, यी तीन खेल हुँदै

युरोकपमा सहभागी सबै टिमले पहिलो खेल खेलिसकेका छन्। आजबाट समूह चरणमा टिमहरूले दोस्रो खेल सुरु गर्दैछन्।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं- युरोकपमा सहभागी सबै टिमले पहिलो खेल खेलिसकेका छन्। आजबाट समूह चरणमा टिमहरूले दोस्रो खेल सुरु गर्दैछन्।

National life

यसअन्तर्गत आज साँझ पौने ७ बजे सुरु हुने खेलमा फिनल्यान्डले रसियाको सामना गर्दैछ। रसियाको सेन्ट पिटर्सबर्गस्थित क्रेस्तोभ्स्की रंगशालामा खेल हुनेछ।

पहिलो खेलमा रसियाले हार बेहोरेको छ भने फिनल्यान्डले डेनमार्कलाई हराएको थियो। डेनमार्कलाई हराउन फिनल्यान्डका जोयल फोजान्पलोले गोल गरेका थिए।

रसियाले विश्व नम्बर वान बेल्जियमसँग हार बेहोरेको थियो। रसियालाई हराउन बेल्जियमका रोमेलू लुकाकूले दुई गोल गरेका थिए भने थोमस मुनियरले एक गोल गरेका थिए।

त्यस्तै, आज ९:४५ हुने समूह ए को खेलमा टर्कीले वेल्सको सामना गर्दैछ। अजरबैजानको बाकूस्थित बाकू ओलम्पिक रंगशालामा हुने खेलमा पहिलो खेलमा बराबरीमा रोकिएको वेल्स र पहिलो खेलमा हार बेहोरेको टर्की भिड्दैछन्।

Laxmi sunrise bank
kumari

वेल्सले पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो। उद्घाटन खेलमा टर्कीले इटालीसँग ३-० गोलको हार बेहोरेको थियो।

आजको अन्तिम खेल राति पौने १ बजे इटालीको रोममा सुरु हुनेछ। रोमको ओलम्पिकको रंगशालामा हुने खेलमा घरेलु टिम इटालीले स्विट्जरल्यान्डसँग खेल्ने छ।

आजको खेलमा इटाली लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ। २००६ को विश्वकप विजेता इटालीले १९६८ यता युरोपियन च्याम्पियनसिप खेल जितेको छैन। इटाली त्यसपछि दुई पटक फाइनल पुगिसकेको छ।

२०१८ को विश्वकप छनोटबाट बाहिरिएको इटाली पुनर्जागरित हुँदै उपाधि जित्ने लक्ष्यका साथ युरोकपमा सहभागी बनेको छ।

यता स्विट्जरल्यान्ड भने उसलाई हराउँदै आफूलाई सावित गर्ने दाउमा हुनेछ।

प्रकाशित: Jun 16, 2021| 04:11 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।