बिहीबार, असार २५, २०८३

युरो कपः रोमाञ्चक खेलमा फ्रान्सद्वारा जर्मनी पराजित

युरोकप २०२० को समूह चरणमा सर्वाधिक प्रतीक्षा गरिएको खेल त्यत्तिकै रोमाञ्चक थियो।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं-  जर्मनी र फ्रान्सबीच भएको खेलमा फ्रान्सले विजय हात पारेको छ। नेपाली समयअनुसार राति पौने १ बजे सुरु भएको खेलमा फ्रान्सले जर्मनीलाई १-० गोलले पराजित गरेको हो।

टिम जर्मनीका खेलाडी माट्स हुमेल्सले गरेको आत्मघाती नै आज फ्रान्सका लागि जितको कारण बन्यो। यद्यपी खेलमा फ्रान्सले महत्वपूर्ण अवसर सृजना गरेर तय गरेका दुई गोलहरु भने अफसाइड भएका थिए। 

समूह 'एफ' अन्तर्गत जर्मनको म्युनिखमा भएको सो खेलमा घरेलु टिमले पनि फ्रान्सलाई कडा टक्कर भने दिइरहेको थियो। महत्वपूर्ण अवसरहरु बनाए पनि जर्मनीले गोल गर्न भने सकेन।

जितसँगै फ्रान्सले समूहमा ३ अंक जोडेको छ। यसअघि भएको यही समूहको अर्को खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गरेको थियो।  

 

 

 

प्रकाशित: Jun 15, 2021| 20:48 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।