बुधबार, माघ ७, २०८२

एक खेलमा रोनाल्डोले बनाए दुई रेकर्ड

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले हंगेरिविरुद्धको खेलबाट दुई रेकर्ड बनाएका छन्।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं – पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले हंगेरिविरुद्धको खेलबाट दुई रेकर्ड बनाएका छन्। उनी आजको खेलमा पहिलो रोजाइमा पर्दै  पाँच सिजनको युरोकप खेल्ने पहिलो खेलाडी बनेका छन्। ३६ वर्षे पोर्चुगिज कप्तान रोनाल्डोले युरो कप २०२० मा हंगेरिविरुद्ध गोल गर्दै युरोमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन्।

National life

मंगलबार राति हंगेरीको राजधानी बुढापोस्टस्थित पुस्करस एरिनामा सम्पन्न खेलमा ६१ ह्जार दर्शकसामू रोनाल्डोले यो रेकर्ड बनाएका उनले खेलको ८७ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै सो अवसर बनाएका हुन्।

त्यस्तै उनले राफा सिल्वाको पासलाई खेलको इन्ज्युरी समयमा गोलमा बदलेका थिए। त्यसअघि खेलको ८४ औं मिनेटमा राफेल गुरिएरोले गोल गरेर पोर्चुगललाई अग्रता दिलाएका थिए।

र, रोनाल्डोको दुई र राफेलको एक गोलसँगै पोर्चुगलले हंगेरिविरुद्ध ३–० गोलको जित निकालेको हो। यि सबै गोल पोर्चुगलले अन्तिम १० मिनेटमा गरेको हो।

रोनाल्डो युरोकपमा सर्वाधिक २१ खेल खेलिसकेका छन्। यो उनको २२ खेल हो। उनी युरोमा सर्वाधिक समय खेल्ने खेलाडी पनि बनिसकेका। पोर्चुगलका लागि सर्वाधिक गोल गरेका रोनाल्डो अहिले विश्वमै सबैभन्दा धेरै गोल गर्नेमध्ये दोस्रो स्थानमा छन्। १०५ गोल गरेका रोनाल्डो सर्वाधिक गोल गर्नबाट तीन गोल पछि छन्। 

Laxmi sunrise bank
kumari

त्यस्तै रोनाल्डोले राष्ट्रियतर्फ पनि एक रेकर्ड कायम गरेका छन्। उनी मूख्य अन्तराष्ट्रिय खेलमा गोल गर्ने सबैभन्दा पाका उमेरका खेलाडी बनेका छन्। उने पेपेको ३५ वर्ष १२४ दिनको रेकर्डलाई उछिन्दै ३६ वर्ष १३० दिनमा गोल गरे।

उनले आजको खेलको पहिलो हाफमा भने गोलका धेरै अवसर गुमाएका थिए। तर दोस्रो हाफ दुई गोल गर्न सफल रहे।
खेलको १८ औं मिनेटमा पोस्टअघि गोलको नजिक पुगिसके पनि गोल गर्न सकेनन्। उनले गरेको प्रहार हंगेरीका किपरले सहजै बचाए। यता उनी अफसाइड रहेको रोफ्रीले जनाइसकेका थिए। 

त्यस्तै, रोनाल्डोले ४३ औं मिनेटमा अर्को अवसर पनि गुमाएका थिए। उनले पोस्टनजिकै पाएको बललाई पनि पोस्टबाहिर प्रहार गर्न पुगेका थिए।

भर्खरै सम्पन्न खेलमा पोर्चुगले  ७० प्रतिशत समय बलमा पकड बनाएको थियो। यता हंगेरीले ३० प्रतिशत समय मात्र बलमा नियन्त्रण लियो।

६१ हजार समर्थक क्षमताको रंगशालामा पर्याप्त समर्थकको साथ पाएको हंगरेरीले ३७ औं मिनेटको फ्रि किकको अवसर पाए पनि सदुपयोग गर्न सकेन्। फ्रि किको प्रहारबाट आएको बललाई एडम जलाईले हेडहार्फत पोस्टतर्फ प्रहार गरे पनि बल किपर रुई पेट्रिकोको हातमा पुगेर रोकिएको थियो।

यता हंगेरीले भने विरलै पाएको बललाई पनि लगातार गुमाइरहँदा उसले पोस्ट अट्याम्पमा पनि कम अवसर पाएको थियो। खेल अवधिभर हंगेरीले पाँच पटक प्रहार गर्दा तीन पटक मात्र पोस्टको सही दिशामा प्रहार गर्न सकेको थियो। जुन कुनै प्रहार गोलमा परिणत हुन सकेन्।

यो जितसँगै पोर्चुगलले तीन अंक जोड्दै समूह इफको शीर्षस्थानमा पुगेको छ।

प्रकाशित: Jun 15, 2021| 18:18 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।