बुधबार, माघ ७, २०८२

हंगेरीलाई हराउँदै युरोकपमा पोर्चुगलको विजयी सुरुवात

जारी युरोकपमा हंगेरीलाई हराउँदै पोर्चुगलले विजयी सुरुवात गरेको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं- जारी युरोकपमा हंगेरीलाई हराउँदै पोर्चुगलले विजयी सुरुवात गरेको छ। हंगेरीविरुद्ध उसले ३–० को जित निकालेको हो।

National life

रोनाल्डोको दुई र राफेलको एक गोलसँगै पोर्चुगलले हंगेरिविरुद्ध ३–० गोलको जित निकालेको हो। यि सबै गोल पोर्चुगलले अन्तिम १० मिनेटमा गरेको हो।

भर्खरै सम्पन्न खेलमा पोर्चुगले  ७० प्रतिशत समय बलमा पकड बनाएको थियो। यता हंगेरीले ३० प्रतिशत समय मात्र बलमा नियन्त्रण लियो।

६१ हजार समर्थक क्षमताको रंगशालामा पर्याप्त समर्थकको साथ पाएको हंगरेरीले ३७ औं मिनेटको फ्रि किकको अवसर पाए पनि सदुपयोग गर्न सकेन्। फ्रि किको प्रहारबाट आएको बललाई एडम जलाईले हेडहार्फत पोस्टतर्फ प्रहार गरे पनि बल किपर रुई पेट्रिकोको हातमा पुगेर रोकिएको थियो।

यता हंगेरीले भने विरलै पाएको बललाई पनि लगातार गुमाइरहँदा उसले पोस्ट अट्याम्पमा पनि कम अवसर पाएको थियो। खेल अवधिभर हंगेरीले पाँच पटक प्रहार गर्दा तीन पटक मात्र पोस्टको सही दिशामा प्रहार गर्न सकेको थियो। जुन कुनै प्रहार गोलमा परिणत हुन सकेन्।

Laxmi sunrise bank
kumari

यो जितसँगै पोर्चुगलले तीन अंक जोड्दै समूह इफको शीर्षस्थानमा पुगेको छ।

प्रकाशित: Jun 15, 2021| 18:05 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।