आइतबार, वैशाख २७, २०८३

अमेरिकामा कोरोना संक्रमित मृतकको संख्या ६ लाख नाघ्यो

कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको यो संख्या बाल्टिमोर वा मिल्वाकीको भन्दा पनि बढी हो। यस्तै सन् २०१९ मा क्यान्सरबाट अमेरिकामा मृत्यु हुनेको संख्या समान कोरोना संक्रमितको पनि मृत्यु भएको एपीले जनाएको छ। विश्वभरमा ३८ लाख भन्दा बढी मानिसको कोरोना संक्रमणपछि मृत्यु भएको छ। 
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

National life

वासिंटन- अमेरिका कोरोना संक्रमित मृतकको संख्या ६ लाख नाघेको छ। नेपाली समयअनुसार मंगलबार राती १०:४५ बजेसम्ममा अमेरिकामा ६ लाख १२ जनाको मृत्यु भएको जोन्स होप्किन्स विश्वविद्यालय अद्यावधिक गरेको विवरणमा उल्लेख छ। 

कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको यो संख्या बाल्टिमोर वा मिल्वाकीको भन्दा पनि बढी हो। यस्तै सन् २०१९ मा क्यान्सरबाट अमेरिकामा मृत्यु हुनेको संख्या समान कोरोना संक्रमितको पनि मृत्यु भएको एपीले जनाएको छ। विश्वभरमा ३८ लाख भन्दा बढी मानिसको कोरोना संक्रमणपछि मृत्यु भएको छ। 

हालसम्म अमेरिकामा ३ करोड ३४ लाख ७७ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अमेरिकाले ३१ करोड भन्दा बडी डोज भ्याक्सिन लगाइसकेको विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी ४ लाख ८८ हजार २२८ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। 
 
प्रकाशित: Jun 15, 2021| 17:15 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।