बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पोर्चुगल र हंगेरीको पहिलो हाफ : दर्शकले भरिएको रंगशाला, रोनाल्डोको रेकर्ड र पोर्चुगलले गुमाएको अवसर

पोर्चुगल र हंगेरीको पहिलो हाफ : दर्शकले भरिएको रंगशाला, रोनाल्डोको रेकर्ड र पोर्चुगलले गुमाएको अवसर

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पाँच सिजनको युरोकप खेल्ने पहिलो खेलाडी बनेका छन्। ३६ वर्षे पोर्चुगिज कप्तान रोनाल्डोले युरोकप २०२० मा हंगेरिविरुद्ध खेल्दै पाँच पटक युरो कप खेल्ने खेलाडीको रेकर्ड बनाएका हुन्।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं– पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पाँच सिजनको युरोकप खेल्ने पहिलो खेलाडी बनेका छन्। ३६ वर्षे पोर्चुगिज कप्तान रोनाल्डोले युरोकप २०२० मा हंगेरिविरुद्ध खेल्दै पाँच पटक युरो कप खेल्ने खेलाडीको रेकर्ड बनाएका हुन्।

उनले युरोकपमा सर्वाधिक २१ खेल खेलिसकेका छन्। यो उनको २२ औं खेल हो। उनी युरोमा सर्वाधिक समय खेल्ने खेलाडी पनि बनेका छन्। पोर्चुगलका लागि सर्वाधिक गोल गरेका रोनाल्डो अहिले विश्वमै सबैभन्दा धेरै गोल गर्नेमध्ये दोस्रो स्थानमा छन्। १०४ गोल गरेका रोनाल्डो सर्वाधिक गोल गर्नबाट पाँच गोल पछि छन्। 

उनले आजको खेलमा भने गोलका धेरै अवसर गुमाएका छन्। हंगेरीविरुद्ध रोनाल्डोले १८ औं मिनेटमा पोस्टअघि गोलको नजिक पुगिसके पनि गोल गर्न सकेनन्।

उनले गरेको प्रहार हंगेरीका किपरले सहजै बचाए। यता उनी अफसाइड रहेको रेफ्रीले जनाइसकेका थिए।

अहिले जारी खेलमा पहिलो हाफ सकिँदासम्म पोर्चुगले बल पोसेसनमा नियन्त्रण बनाएको छ। हिजो सोमबारको खेलमा पनि स्पेनले खेल अवधिभर झन्डै १००० पास पूरा गरेको थियो तर गोल गर्न सकेन्। आजको पहिलो हाफ पनि त्यस्तै दखिएको छ।

६१ हजार समर्थक क्षमताको रंगशालामा पर्याप्त समर्थकको साथ पाएको हंगेरीले ३७ औं मिनेटको फ्रि किकको अवसर पायो। फ्रि किकको प्रहारबाट आएको बललाई एडम जलाईले हेडहार्फत पोस्टतर्फ प्रहार गरे पनि बल किपर रुई पेट्रिकोको हातमा पुगेर रोकिएको थियो।

यता कोरोना भाइरसका महामारीका कारण करिब डेढ वर्षपछि यसरी रंगशालामा समर्थक भरिएको रंशालामा कमजोर भए पनि घरेलु टिमविरुद्ध अट्याकिङ थर्डमा पोर्चुगलले खुलेर खेल्न पाएको छैन।

रोनाल्डोले ४३ औं मिनेटमा अर्को अवसर पनि गुमाएका छन्। उनले पोस्टनजिकै पाएको बललाई पनि पोस्टबाहिर प्रहार गर्न पुगेका थिए।

यता हंगेरीले भने विरलै पाएको बललाई पनि लगातार गुमाइरहँदा उसले पोस्ट अट्याम्पमा पनि कम अवसर पाएको छ। खेल अवधिभर हंगेरीले ३३ प्रतिशत समय मात्र बलमा नियन्त्रण बनाएको छ।

प्रकाशित: Jun 15, 2021| 16:59 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।