शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्व टेस्ट सिरिजको नयाँ चक्र आजबाट सुरु हुँदै, इन्डिया र इंग्ल्यान्ड भिड्ने

विश्व टेस्ट सिरिजको नयाँ चक्र आजबाट सुरु हुँदै, इन्डिया र इंग्ल्यान्ड भिड्ने

विश्व टेस्ट च्याम्पियनसिप (डब्लूटीसी) को नयाँ चक्र आजबाट सुरु हुँदैछ।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं– विश्व टेस्ट च्याम्पियनसिप (डब्लूटीसी) को नयाँ चक्र आजबाट सुरु हुँदैछ। पछिल्लो समय इंग्ल्यान्डमा भएको फाइनलमा इन्डियाले न्युजिल्यान्डसँग फाइनल खेलेसँगै पछिल्लो टेस्ट चक्र पुरा भएको थियो। र, आजबाट सुरु हुने टेस्टमा इन्डियाले इंग्ल्यान्डको नटिंघममा घरेलु टिमसँग खेल्नेछ।

यसअघिको इन्डिया इंग्ल्यान्ड सिरिजमा इन्डियाले इंग्ल्यान्डलाई ३–१ ले हराएर फाइनल खेलेको थियो। त्यहाँ जित निकालेको न्युजिल्यान्डले त्यसअघि इंग्ल्यान्डलाई पनि हराएको थियो।

पछिल्लो समय न्युजिल्यान्डसँग पराजय भोगेमा टिम आज आपसमा प्रतिस्पर्धा गर्दैछन्। यता इन्डिया पछिल्लो पटक घरेलु मैदानको जस्तै जित निकाल्न चहान्छ। तर, इंग्ल्यान्ड भने इन्डिया भ्रमणका दौरान बेहोरेको हारको बदला लिन चहान्छ।

सदाझै इन्डिया र इंग्ल्यान्डको खेल बलियो नै हुने विश्वास गरिएको छ। पछिल्लो दुई महिना इंग्ल्यान्मा रहेर इन्डियन टिमले पनि त्यहाँको वातावरणमा राम्रो तयारी गरेको छ।

तर, प्रतिस्पर्धि टिमको मैदानमा आफ्नो योजनाअुसअर अघि बढ्न अप्ठ्यारो पर्ने इन्डियन कप्तान विराट कोहली बताउँछन्। साथै यो खेललाई लिएर कप्तान कोहलीले आहिलेको अवस्था आफ्नो हातमा नभएको बताएका छन्।

कप्तानका रूपमा उनको यो चौथो इंग्ल्यान्ड भ्रमण हो। उनले पहिलेको तुलनामा अहिले धरै राम्रो तयारी गरेको पनि बताएका छन्। ‘टिमका हिसाबले हामी टिमको प्रदर्शनमा सुधार ल्याउनेछौं। हामीले राम्रो गर्न सकेका छैनौं त्यसैले हामीले आफ्नो समय नभएको बेलामा पनि ड्यामेज हुन नदिन खेलमा सुधार गर्नैपर्छ,’ उनले भने।

यता इंग्ल्यान्डको टिमका कप्तान जोय रुटले यो सिरिजको प्रतिक्षमा रहेको बताएका छन्। उनले उत्कृष्ट प्रदर्शन गर्न आतुर रहेको पनि बताएका छन्। उनले पुरा सिजन फिट खेलाडी रहनेका विश्वास गरेका छन्। नेपाली समयअनुसार खेल दिउँदो पौने ४ बजेबाट सुरु हुनेछ।

प्रकाशित: Aug 04, 2021| 10:44 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।