बुधबार, माघ ७, २०८२

पोर्चुगलको स्टार ब्रुनो कि रोनाल्डो?

डिफेन्डिङ च्याम्पियन पोर्चुगलले जारी युरो कपमा पहिलो खेल खेलिरहँदा कुन खेलाडी महत्वपूर्ण बन्ने होलान् भन्ने चासो धेरैमा छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं– डिफेन्डिङ च्याम्पियन पोर्चुगलले जारी युरो कपमा पहिलो खेल खेलिरहँदा कुन खेलाडी महत्वपूर्ण बन्ने होलान् भन्ने चासो धेरैमा छ।

National life

पोर्चुगलले युरो २०२० को पहिलो खेलमा आज हंगेरीसँग राति ९ः४५ बाट खेल सुरु गर्दैछ। समूहमा तेस्रो भएर साविकको उपाधि जितेको टिम पोर्चुगललाई यो खेलअघिसम्म उपाधि दावेदारका रुपमा हेरिएको छ। जसको टिममा छन् विश्वका ‘टप क्लास’ खेलाडी।

टप खेलाडीले भरिएको फरनान्डो सान्तोषको टिम अहिले समूह चरणमा सर्वाधिक अप्ठ्यारो अवस्थामा पनि छ। पछिल्लो फाइनलमा भिडेको फ्रान्ससँगै जर्मनीविरुद्ध पोर्चुगलले समूह चरणमै सामना गर्नु पर्नेछ।

यता पोर्चुगलको खेलाडीको शैलीलाई ध्यानमा राख्दा यदि उनीहरु समूहको शीर्षस्थानमा पुगे भने पनि अचम्म मान्नुपर्ने अवस्था चाहिँ छैन। अचम्म किन मान्नुपर्दैन भने रुविन डियाज, जोआ फेलिक्स, डियागो जोटा, जोन्कालो गुडेसलगायतका सबै खेलाडी पछिल्लो सिजनमा उत्कृष्ट प्रदर्शन गरेर नै टिममा परेका हुन्।

अन्य खेलाडी जस्ता हुन पोर्चुगलको स्क्वाडका कप्तान क्रिस्टियानो रोनाल्डो र मिडफिल्ड मास्टर ब्रुनो फर्नान्डेस नै दुई महत्वपूर्ण खेलाडी हुन्।

Laxmi sunrise bank
kumari

रोनाल्डो अहिले ३६ वर्षका भए तर युभेन्टस स्टारले लगातार उच्च शैलीमा खेल्दै आइरहेका छन्। र, २९ गोलसँगैको प्रदर्शनले उनलाई पछिल्लो सिरी ए मा गोल्डेन बुट दिलाएको थियो।

सबै प्रतियोगिताको हिसाब गर्ने हो भने त उनले ३६ गोल र चार एसिस्ट गरेका छन्। यता म्यानचेस्टर युनाइटेड क्लबका ब्रुनो फर्नान्डेस जिवनको उत्कृष्ट फर्ममा छन्। २६ वर्षे खेलाडीले पनि रेड डेभिल्सबाट २८ गोल र १७ एसिस्ट गरेका छन्। ओले गनर सोल्सायरको रणनीतिमा उनी धेरै शक्तिशाली भएर खेलिरहेका छन्।

यस्तो अवस्थामा ब्रुनो र रोनाल्डो कसले युरोमा उत्कृष्ट खेल्ने होलान्? जिज्ञासा सबैको मनमा छ। तर पोर्चुगलको स्क्वाडबारे विचार गरिरहँदा यो विर्सनु हुँदैन कि यी दुवै खेलाडी साविक विजेताको टिममा परिपूरक छन्।

उनीहरुले सबै कुरा विर्सेर पोर्चुगलका लागि खेल्ने छन्। सोमबार राति सामाजिक संजालमा रोनाल्डोले लेखेको पनि यस्तै छ।

‘हामी मैदान प्रवेश गर्नु, राष्ट्र गीत गाउनु, अंक र जितका लागि प्रतिस्पर्धीसँग भिड्नु र बल बाँडेर खेल्नु पनि समर्थक र राष्ट्रका लागि नै हो,’ उनले लेखेका छन्, ‘पछिल्लो उपाधिले उत्तरदायित्व पनि  बढेको छ – हाम्रो इच्छा, लगाब र निस्वार्थता पनि। अब हामी सबैथोक छोडेर पोर्चुगलको नाम उचो बनाउन लागौँ।’

प्रकाशित: Jun 15, 2021| 13:19 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।