काठमाडौं– जनता समाजवादीको उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समिति बैठक डाकेको छ। अध्यक्ष यादवले बिहीबारका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेका हुन्।
अध्यक्ष ठाकुर पक्षका नेता प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी भएपछि जसपाभित्र विवाद छ। अध्यक्ष ठाकुर र यादवले एकअर्कालाई कारबाही गर्दै त्यसको जानकारी निर्वाचन आयोगमा पठाइरहेका छन्। आयोगले कुनै पक्षको कारबाहीहीलाई पनि कार्यान्वयन गरेको छैन। यसपछि यादवले आयोगको भूमिकामाथि प्रश्न उठाएका छन्।