धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छ। मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।
प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि ९६ करोड बजेट विनियोजन गरिएको छ। सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ जना प्रदेशसभा सदस्य छन्। एक जना प्रदेशसभा सदस्यलाई ३ करोडका दरले प्रदेश सरकारले बजेट विनियोजन गरेको हो। कार्यक्रमकको रकम प्रदेश सभा सदस्यहरुले छनोट गरेका क्षेत्रमा खर्च हुँदै आएको छ।
संघीय सरकारसहित केही प्रदेश सरकारले भने पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरिसकेका छन्।