बुधबार, माघ ७, २०८२

इंग्ल्यान्डको टिमबाट बाहिरिए गोलकिपर हेन्डरसन 

हिप इन्जुरीका कारण गोलकिपर डीन हेन्डरसन इंग्ल्यान्डको टोलीबाट बाहिरिएका छन्।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडाैं- हिप इन्जुरीका कारण गोलकिपर डीन हेन्डरसन इंग्ल्यान्डको टोलीबाट बाहिरिएका छन्। युरोकप खेल्ने टोलीबाट हेन्डरसन बाहिरिएपछि उनको स्थानमा हारुन राम्सडेललाई बोलाइएको छ।

National life

ट्रेंट अलेक्जेन्डर आर्नोल्डले समेत चोटका कारण युरोकप गुमाएका थिए। उनीपछि चोटका कारण प्रतियोगिता गुमाउने इंग्ल्यान्डका दोस्रो खेलाडी हेन्डरसन बनेका छन्।

यूईएफएको नियम अनुसार गोलकिपर चोटग्रस्त बने अर्को गोलकिपर बोलाउन पाइन्छ। सोही नियम अनुसार प्रशिक्षक ग्यारेथ साउथगेटले राम्साडेललाई टोलीमा बोलाएका हुन्। राम्साडेल साउथगेटको ३३ सदस्यीय टोलीमा समावेश थिए।

तर, २६ सदस्यीय टोली घोषणा गर्दा उनी परेका थिएनन्। २६ सदस्यीय टोलीमा साउथगेटले हेन्डरसन, जोर्डन पिकफोर्ड र सेम जोनस्टोनलाई स्थान दिएका थिए।

प्रकाशित: Jun 15, 2021| 10:23 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।