बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • निराशाजनक बराबरीपछि स्पेनिस मिडियाको प्रश्न– तिमीले के गर्‍यौ मोरटा?

निराशाजनक बराबरीपछि स्पेनिस मिडियाको प्रश्न– तिमीले के गर्‍यौ मोरटा?

स्वीडेनविरुद्ध युरोकपको पहिलो खेलमा स्पेन बराबरीमा रोकिएपछि मिडियाले स्ट्राइकर आल्भरो मोरटाको आलोचना गरेका छन्।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं– स्वीडेनविरुद्ध युरोकपको पहिलो खेलमा स्पेन बराबरीमा रोकिएपछि मिडियाले स्ट्राइकर आल्भरो मोरटाको आलोचना गरेका छन्। मंगलबार अधिकांश पत्रपत्रिकामा मोरटा हेडलाइन बनेका छन्।

लुइस इनरिकेको टोलीले युरोकपको पहिलो खेलमा जित दर्ता गर्न सकेन। गोल रहित बराबरी भएको खेलपछि मिडियाको आलोचनाको पहिलो शिकार मोरटा बनेका छन्।

‘तिमीले के गर्‍यौं मोराटा?’ मुन्डो डिपार्टिभोले सोधेको छ। उसले मोटराका लागि स्वीडेन विरुद्धको खेल ‘भयानाक रात’ भएको टिप्पणी गरेको छ।

स्पोर्टले २८ वर्षीय मोराटाका खेलमा पूर्ण रुपमा असफल देखिएको टिप्पणी गरेको छ। मार्काले पहिलो पेजको हेडलाइनमा भनेको छ, ‘सबै राम्रो छ, गोलविहीन हुनुबाहेक। प्रदर्शन नियन्त्रित र प्रभावशाली नै थियो।’

एएसले खेलमा सबै कुरा नराम्रो मात्रै नभएको उल्लेख गरेको छ। उसले स्पेनले खेलमा ७५ प्रतिशत बल नियन्त्रणमा राखेको र ९५३ पास खेलेकोे उल्लेख गर्दै यो रेकर्ड भएको बताएको छ।

स्पेनले आगामी खेल पोल्यान्ड विरुद्ध खेल्दैछ। पोल्यान्डले स्लोभाकियासँग आश्चर्यजनक हार व्यहोरेको थियो।

प्रकाशित: Jun 15, 2021| 10:12 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।