सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्रीलाई गगन थापाको आग्रह- विपद्को क्षति न्यूनीकरण गर्न सकिन्छ, पूर्वतयारी गरौँ

गृहमन्त्रीलाई गगन थापाको आग्रह- विपद्को क्षति न्यूनीकरण गर्न सकिन्छ, पूर्वतयारी गरौँ

'विपदलाई रोक्न नसके पनि क्षति न्यून गर्न सकिन्छ,' नेता थापाको ट्विटमा लेखिएको छ, 'यस मनसुनमा बाढीपहिरोको उच्च जोखिम रहेको विज्ञले बताइरहेका छन्। अतः क्षति न्यून गर्न पूर्वसावधानी, खोज, उद्धार र सुरक्षाका लागि अविलम्ब तयारी गर्न (गृहमन्त्री खगराज अधिकारी) को ध्यानाकर्षण गराउँछु।'
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले विपद्‍बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न गृहमन्त्री खगराज अधिकारीको ध्यानाकर्षण गराएका छन्। मन्त्री अधिकारीलाई मेन्सन गरी मंगलबार ट्विट गर्दै नेता थापाले ध्यानाकर्षण गराएका हुन्। 

'विपदलाई रोक्न नसके पनि क्षति न्यून गर्न सकिन्छ,' नेता थापाको ट्विटमा लेखिएको छ, 'यस मनसुनमा बाढीपहिरोको उच्च जोखिम रहेको विज्ञले बताइरहेका छन्। अतः क्षति न्यून गर्न पूर्वसावधानी, खोज, उद्धार र सुरक्षाका लागि अविलम्ब तयारी गर्न (गृहमन्त्री खगराज अधिकारी) को ध्यानाकर्षण गराउँछु।'

नेता थापाले पूर्वतयारी नगरिएकै कारण कोरोना महामारीले ठूलो क्षति गरेको समेत स्मरण गराएका छन्। 'पूर्वतयारी नगर्दा कोरोना महामारीले ठूलो क्षति गरिरहेको छ,' नेता थापाले लेखेका छन्। 
 

 

प्रकाशित: Jun 15, 2021| 10:09 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।