सोमबार, भदौ ८, २०८३

लुम्बिनीमा बजेट सार्वजनिक हुँदै, विपक्षीको विरोध

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८–७९ को बजेट भाषण शुरु भएको छ। प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट सार्वजनिक गरिरहेका छन्।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

बुटवल– लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८–७९ को बजेट भाषण शुरु भएको छ। प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट सार्वजनिक गरिरहेका छन्।

३ बजेका लागि निर्धारित समय तोकिए पनि केहि ढिला मात्रै बजेट वक्तव्य शुरु भएको हो।  कोरोना महामारी नियन्त्रणका लागि उपचार, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ। अघिल्लो आर्थिक वर्षमा भन्दा यो वर्ष २ अर्बको हाराहारीमा बजेटको आकार वृद्धि हुनेछ।  

चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो। संघीय सरकारको अनुदानमा केहि बृद्धि भएकाले पनि बजेटको आकार बृद्धि भएको हो।  

सरकारले पुराना र गौरवका आयोजनालाई सक्ने गरि बजेटको व्यवस्था गरिएको तर, नयाँ ठूला आयोजना थपिएको छैन। लुम्बिनीमा विपक्षी गठबन्धनले सरकारसँग बहुमत नभएको भन्दै नीति तथा कार्यक्रम र बजेट ल्याउन नसक्ने बताउँदै आएका थिए।

तर, प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको हो। गत जेठ २५ गते सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले बजेट प्रस्तुत गर्दा विपक्षी सांसदहरूले बहिष्कार गरेका थिए।

प्रकाशित: Jun 15, 2021| 09:37 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।