सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेको विरोधबीच कर्णालीको नीति तथा कार्यक्रम पारित

एमालेको विरोधबीच कर्णालीको नीति तथा कार्यक्रम पारित

कर्णाली प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतको आधारमा संसदबाट पारित भएको हो। 
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

सुर्खेत– कर्णाली प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतको आधारमा संसदबाट पारित भएको हो। 

सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारित गरियोस् भनेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको प्रस्ताव बहुमतको आधारमा पारित भएको घोषणा गरेका हुन्। आज नेकपा (एमाले)ले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा उभिएन ह्पि जारी गरेको थियो।

बैठकमा एमालेबाट मन्त्री बनेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सहभागी भएका थिएनन्। बैठकमा सहभागी सदस्यमध्ये माओवादीका १२, नेपाली कांग्रेसका ६ र राप्रपा नेपालका एक जना सांसदले नीति तथा कार्यक्रम पास हुनुपर्ने पक्षमा हात उठाएका थिए।

प्रकाशित: Jun 15, 2021| 09:33 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।