बुधबार, माघ ७, २०८२

युरोकपमा आज समूह चरणको सर्वाधिक प्रतीक्षित खेल

जारी युरोकप २०२० अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। राति पौने १० मा हुने पहिलो खेलमा हंगेरीले पोर्चुगललाई आतिथ्यता प्रदान गर्दैछ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं– जारी युरोकप २०२० अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। राति पौने १० मा हुने पहिलो खेलमा हंगेरीले पोर्चुगललाई आतिथ्यता प्रदान गर्दैछ।

National life

हंगेरीको बुढापेस्टस्थित पुस्कस एरिनामा आयोजित खेलमा हंगेरीले घरेलु समर्थकमाझ साविक विजेता पोर्चुगलसँग भिड्न लागेको हो।

यसकारण आजको खेलमा फिफा पाँचौं वरियताको पोर्चुगललाई घरेलु प्रतिद्वन्दी हंगरेविरुद्ध जित निकाल्न निकै दबाब रहनेछ। रोनाल्डोले हिजो एक सन्देश जारी गर्दै पछिल्लो सिजनमा विजेता भएपछि उत्तरदायत्त्वि बढेको र यो सिजन थप राम्रो खेल्ने बताएका छन्। उनको नेतृत्वमा यो सिजन पोर्चुगल थप बलियो भएर आइपुगेको छ।

यता हंगेरीले जारी युरो पोर्चुगलपछि अरु बलिया टिम फ्रान्स र जर्मनीको सामना गर्नुपर्ने कुरा आजको खेलमा विर्सने छैन। यसको अर्थ हो ( फ्रान्स र जर्मनीविरुद्ध जित निकाल्नु पोर्चुगलविरुद्ध जित निकाल्नुभन्दा थप जटिल हुनेछ।

त्यसैले ऊ सिजनको पहिलो खेलमै जित निकाल्दै आगामी यात्रा सहज बनाउनेतर्फ लाग्नेछ। यसका लागि हंगेरी आजको खेलमा नै जित निकाल्ने दाउमा छ। हंगेरीपछि पोर्चुगलले पनि त्यही फ्रान्स र जर्मनीको सामना गर्नुपर्ने भएकाले ऊ पनि पहिलो खेलमा सहज रहनेछ।

Laxmi sunrise bank
kumari

यता आजको दोस्रो खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ। समूह चरणमा सर्वाधिक प्रतीक्षा गरिएको खेल हो यो, जहाँ जर्मनी र फ्रान्स भिड्दैछन्।

जर्मनी फिफा विश्वकप २०१४ को विजेता हो भने फ्रान्स २०१८ को विजेता। यी दुई टिम फिफा वरियतामा पनि शीर्ष १२ भित्र पर्ने टिम हुन्। फ्रान्स दोस्रो स्थानमा छ भने जर्मनी १२ औं स्थानमा छ।

विश्व विजेता फ्रान्समा केलियन एम्बाप्पे, ओलिभिए जिरुड, करिम बेञ्जिमा, एन्टोनी ग्रिजम्यानलगायत ग्लोबल स्टार खेलाडी छन्। उनीहरुलाई रोक्न जर्मनको डिफेन्सलाई निकै धपेडी पर्ने देखिन्छ।

त्यस्तै, पाउल पोग्बा, मोउसा सिसोको मिडफिल्डसँगै डिफेन्समा एनगोलो कान्टे, राफेल वाराणे, प्रिस्नल किम्बाप्पे, कुर्टज जोउमा लगायतका खेलाडीले फ्रान्सको टिम सजिएको छ।

यता जर्मनीमा पनि त्यस्तै स्टार खेलाडीहरु छन्। फरवार्डमा केई हभाट्स, टिमो वार्नर थोमस मुलर र सर्ज गन्याब्री जस्ता बलिया खेलाडी छन्।

जर्मनीको मिडफिल्ड जोसुवा किमिच, इल्के गुन्डोगन, टोनी क्रसलगायतका खेलाडीले चिटिक्क छ भने डिफेन्समा पनि एन्टोनियो रुडिजर, म्याट ह्युमेल्सलगायतका खेलाडी छन्।

जर्मनीको सबैभन्दा आकर्षक कुरा चाहिँ उसको गोलकिपर हो– म्यानुयल नुयर। उनी बायर्नका विश्वप्रसिद्ध गोलकिपर हुन्। नेसन्स लिगमा स्पेनविरुद्धको खेल विर्सने हो भने राष्ट्रिय टिममा उनको पछिल्लो प्रदर्शन निकै उत्साहजनक छ। युरो कप समूह एफमा जर्मनी फ्रान्स पोर्चुगल र हंगेरी छन्।

प्रकाशित: Jun 15, 2021| 09:15 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।