सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ११ महिनामा जम्मा ४० प्रतिशत विकास खर्च, जेठ ३१ गतेको खर्च मात्रै २ अर्ब १५ करोड

११ महिनामा जम्मा ४० प्रतिशत विकास खर्च, जेठ ३१ गतेको खर्च मात्रै २ अर्ब १५ करोड

चालु आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विकास खर्च विनियोजन गरेको थियो। तर जेठ मसान्तसम्ममा सरकारले जम्मा १ खर्ब ४३ अर्ब रुपैयाँ मात्र खर्च गर्न सकेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तमा (सोमबार) मात्र सरकारको पुँजीगत खर्च २ अर्ब १४ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ। 
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं- संघीय सरकारले चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्तसम्ममा) जम्मा ४०.५४ प्रतिशत मात्र पुँजीगत (विकास) खर्च गरेको छ। कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि जारी गरिएको निषेध आदेशका कारण अपेक्षाकृत रूपमा पुँजीगत खर्च गर्न नसकेको सरकारले बताउँदै आएको छ। यद्यपि निषेध आदेश जारी हुनअघिसम्म पनि सरकारको पुँजीगत खर्चको अवस्था भने दयनीय नै थियो। 

चालु आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विकास खर्च विनियोजन गरेको थियो। तर जेठ मसान्तसम्ममा सरकारले जम्मा १ खर्ब ४३ अर्ब रुपैयाँ मात्र खर्च गर्न सकेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तमा (सोमबार) मात्र सरकारको पुँजीगत खर्च २ अर्ब १४ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ। 

सोमबारसम्ममा चालु खर्चतर्फ भने ७३.८३ प्रतिशत खर्च भएको महालेखाको तथ्यांक छ। चालु आर्थिक वर्षको लागि सरकारले ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु खर्च गर्ने लक्ष्य राखिएको थियो। सरकारको समग्र खर्चमा भने ६२.१७ प्रतिशत मात्र खर्च भएको छ। संघीय सरकारले पुँजीगत खर्च बढाउन खर्च बढाउन नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा तरलता अभाव हुने गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

सरकारले राजस्व संकलनको लक्ष्यको ८०.२९ प्रतिशत प्रगति हासिल गरेको छ। जेठ मसान्तसम्ममा संघीय सरकारले ८ खर्ब १२ अर्ब ३५ करोड रुपैयाँ राजस्व उठाइसकेको छ। 

सरकारले चालु आर्थिक वर्षको लागि १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको थियो । प्रत्यक्ष कर संकलनतर्फ ८३.०७ प्रतिशत प्रगति भएको र गैरकरतर्फ ५४.६३ प्रतिशत राजस्वको प्रगति भएको महालेखाको तथ्यांकले देखाएको छ।

प्रकाशित: Jun 15, 2021| 08:59 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।