सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालको बेडबाट तस्बिर सार्वजनिक गर्दै एरिक्सनले भने– म अहिले ठिक छु

अस्पतालको बेडबाट तस्बिर सार्वजनिक गर्दै एरिक्सनले भने– म अहिले ठिक छु

जारी युरोकप अन्तर्गत शनिबार फिनल्यान्ड विरुद्धको खेलमा कार्डियक अरेस्टका कारण मैदानमै ढलेका क्रिस्टियन एरिक्सनले अस्पतालबाट आफ्नो पहिलो तस्बिर पोस्ट गरेका छन्।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं– जारी युरोकप अन्तर्गत शनिबार फिनल्यान्ड विरुद्धको खेलमा कार्डियक अरेस्टका कारण मैदानमै ढलेका क्रिस्टियन एरिक्सनले अस्पतालबाट आफ्नो पहिलो तस्बिर पोस्ट गरेका छन्। इन्टर मिलानका मिडफिल्डर कोपनहेगनमा भएको खेलको पहिलो हाफ सकिन लाग्दा मैदानमा ढलेका थिए। अस्पताल लानुभन्दा अघि उनलाई १३ मिनेट सीपीआर दिइएको थियो। 

एरिक्सनले सोमबार घटनापछि पहिलो सार्वजनिक विज्ञप्ति जारी गरेका थिए। विज्ञप्तिमा उनले राम्रो महसुस गरिरहेको बताएका थिए। उनले भनेका थिए, ‘म हार मान्नेवाला छैन।’ 

अहिले भने उनले इन्स्टाग्राममा अस्पतालको बेडबाट थम्सअप गरेर एक तस्बिर पोस्ट गरेका छन्। 

क्याप्सनमा उनले भनेका छन्, ‘हेलो एभ्रिवान। विश्वभरबाट तपाईंहरुको पठाउनुभएको मधुर र अद्भूत सन्देशका लागि धेरैधेरै धन्यवाद। यसले म र मेरो परिवारका लागि ठूलो अर्थ राख्नेछ। म अहिले ठिक छु। मैले अझै केही परीक्षण गराउनु पर्ने छ। तर मैले राम्रो महसुस गरिरहेको छु।’

उनले आगामी खेलमा डेनमार्कका खेलाडीको हौसला बढाउने समेत बताएका छन्। ‘म आगामी खेलमा डेनमार्कका टिमका साथीहरुको हौसला बढाउनेछु,’ उनले भनेका छन्। एरिक्सनले डेनिस र इन्टर मिलानका टिमका साथीहरुसँग समेत फेस टाइम कलमा सम्पर्क गरेका थिए। उनले साथीहरुसँग मजाक गर्दै भनेका थिए, ‘मलाई लाग्छ तिमीहरुले म भन्दा नराम्रो महसुस गरिरहेका छौ।

प्रकाशित: Jun 15, 2021| 07:47 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।