सोमबार, भदौ ८, २०८३

लागुऔषधसहित कञ्चनपुरबाट दुई युवा पक्राउ

लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुर प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

धनगढी- लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुर प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारीका २४ वर्षीय महेश चौधरी र लालझाडी गाउँपालिका–२ का २५ वर्षीय रणबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई बेलौरी नगरपालिका–६ विद्यानगरबाट १२.३५ ग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। 

सु.प.प्र. ०२–००३ प ६७२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूमाथि शंका लागेर चेकजाँच गर्दा प्रहरीले लागुऔषध बरामद गरेको हो।

प्रकाशित: Jun 15, 2021| 06:42 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।