सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध, बीच बाटोमै रोकिए गाडी

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध, बीच बाटोमै रोकिए गाडी

लगातारको वर्षाका कारण डोटीको जोरायल गाउँपालिका-१, गैराभन्दा अगाडि पहिरो गएको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

धनगढी- लगातारको वर्षाका कारण डोटीको जोरायल गाउँपालिका-१, गैराभन्दा अगाडि पहिरो गएको छ। पहिरो जाँदा सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

भर्खरै सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ। 

पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

अहिले डोजरले पहिरो पन्छाउने काम भइरहेको बताइएको छ।

प्रकाशित: Jun 15, 2021| 06:00 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।