सोमबार, भदौ ८, २०८३

डोटीमा असार १० सम्म थपियो निषेध आदेश

जिल्लामा असार १० गतेसम्मका लागि निषेध आदेश थप गर्ने निर्णय गरिएको छ। जिल्लामा चौथोपटक निषेध आदेश थप गर्ने निर्णय भएको हो। 
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

डोटी- जिल्लामा असार १० गतेसम्मका लागि निषेध आदेश थप गर्ने निर्णय गरिएको छ। जिल्लामा चौथोपटक निषेध आदेश थप गर्ने निर्णय भएको हो। 

आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी असार १० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

कोभिड–१९ को संक्रमण घटेको भए पनि नियन्त्रण हुन नसकेकाले निषेध आदेश केही खुकुलो गरी थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए। 

थपिएको निषेध आदेशको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फेन्सी(कपडा, निर्माण सामग्रीका पसल बिहान ७ देखि ११ बजेसम्म खोल्न पाइने भएको छ। बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ।

विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन्। निषेध आदेशको अवधिमा होटल, रेष्टुरेन्ट, सैलुन, ब्यूटीपार्लर, जिम हल र सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निर्णय भएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिले जनाएको छ। 

भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, बैठक, गोष्ठी, सेमिनार, खेलकुद गतिविधिलगायतका कार्यक्रम गर्न नपाइने उक्त सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: Jun 15, 2021| 05:24 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।