महोत्तरी- कोभिड-१९ महाव्याधिको संक्रमण बढ्न नदिन महोत्तरीमा थप एक साताका लागि निषेध आदेश जारी गरिएको छ। गत वैशाख २२ गते पहिलोपटक जारी निषेधाज्ञा पटक–पटक अवधि थपिँदै अहिले पाँचौंपटक जारी गरिएको हो।
जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता कोभिड–१९ संक्रमणले गत वैशाख १४ गते पहिलो मृत्यु भएको थियो। महाव्याधिले जेठ मसान्तसम्म ८१ जनाको ज्यान लिइसकेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। यसअघि २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म महामारीले १८ जनाको मृत्यु भएको थियो। - रासस