काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई सुझावसहित बधाई र शुभकामना दिएका छन्। नेपाली मुख्यमन्त्री भएको चार दिनपछि ट्विट गर्दै प्रवक्ता शर्माले संक्षिप्त सुझावपत्र सार्वजनिक गरेका हुन्।
शर्माले भनेका छन्, 'गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यू ! राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ ! फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सही निर्णय गर्नोस्, समय शंवेदनशील छ ! बधाई र शुभकामनासहित संक्षिप्त सुझाव पत्र !'
