सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीको बजेट दिउँसो ३ बजे सार्वजनिक हुने, कोरोना नियन्त्रण, कृषि र रोजगारी प्राथमिकता

लुम्बिनीको बजेट दिउँसो ३ बजे सार्वजनिक हुने, कोरोना नियन्त्रण, कृषि र रोजगारी प्राथमिकता

लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छ। कोरोना महामारी नियन्त्रणका लागि उपचार, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउने सरकारले जनाएको छ। 
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

बुटवल- लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छ। कोरोना महामारी नियन्त्रणका लागि उपचार, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउने सरकारले जनाएको छ। 

आज दिउँसो ३ बजे बुटवलस्थित प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट प्रस्तुत गर्नेछन्। अघिल्लो आर्थिक वर्षमा भन्दा यो वर्ष २ अर्बको हाराहारीमा बजेटको आकार बृद्धि हुनेछ। मन्त्रालय स्रोतका अनुसार ३८ अर्बको हाराहारीमा बजेट आउनेछ। चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो। संघीय सरकारको अनुदानमा केहि बृद्धि भएकाले पनि बजेटको आकार बृद्धि भएको हो। 

बजेटको ठूलो हिस्सा यो पटक कोरोना नियन्त्रण, उपचार र स्वास्थ्य पूर्वाधारमै रहेको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए। 

सरकारले पुराना र गौरवका आयोजनालाई सक्ने गरि बजेटको व्यवस्था गरिएको तर, नयाँ ठूला आयोजना भने नथपिएको मन्त्री चौधरीले बताए। 

विगतदेखि नै कृषिलाई प्राथमिकतामा राखेको लुम्बिनीले यो पटक पनि प्राथमिकतामै राखेको छ। कृषि प्राविधिक सेवामा किसानको पहुँच नभएकाले वडा तहमै प्राविधिकको उपलब्धता सुनिश्चित गर्ने गरि बजेट छुटाइएको मन्त्रालयले जनाएको छ। कोरोनाकै कारण विदेशबाट फर्किएका बेरोजगार युवाहरुलाई तुरुन्तै जागिर दिने गरि सिपयुक्त तालिम सञ्चालन गर्ने, उद्यमशिलतालाई रोजगारीसँग जोड्ने कार्यक्रममा बजेट छुट्टाइएको छ। 

लुम्बिनीमा विपक्षी गठबन्धनले सरकारसँग बहुमत नभएको भन्दै निति तथा कार्यक्रम र बजेट ल्याउन नसक्ने बताउँदै आएका थिए। तर, प्रदेश सरकारले ल्याएको आगामि वर्षको निति तथा कार्यक्रम आईतबार बहुमतले पारित भएको हो। गत जेठ २५ गते सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले बजेट प्रस्तुत गर्दा विपक्षी सांसदहरूले बहिष्कार गरेका थिए। नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै सरकारलाई सहजै बजेट ल्याउने बाटो खुलेको हो।

प्रकाशित: Jun 15, 2021| 03:09 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।