बुधबार, माघ ७, २०८२

मेस्सीको गोलले दिलाएन अर्जेन्टिनालाई जित

लियोनेल मेस्सीले गोल गरेर अग्रता बनाए पनि कोपा अमेरिकामा अर्जेन्टिना बराबरीमा रोकिएको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं- लियोनेल मेस्सीले गोल गरेर अग्रता बनाए पनि कोपा अमेरिकामा अर्जेन्टिना बराबरीमा रोकिएको छ। मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरी खेलेको हो।

National life

खेलको ३३ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा अर्जेन्टिना एक गोलले अघि रह्यो।

तर, दोस्रो हाफको ५७ औं मिनेटमा चिलीका एडवर्डो वर्गासले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ब्राजिलको मैदानमा निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा चिलीको तुलनामा अर्जेन्टिनाले अधिक आक्रमण बनाउन सफल भएको थियो।

यो बराबरीसँगै समूह बी मा रहेका अर्जेन्टिना र चिलीले एक/एक अंक बाँडेका छन्। सोही समूहको दोस्रो खेलमा अहिले बोलिभिया र पराग्वे प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित: Jun 15, 2021| 01:21 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।